: एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत बंगलादेशले विजयी सुरुवात गरेको छ। भारतको धर्मशालामा भएको खेलमा बंगलादेश ६ विकेटले विजयी भएको हो। अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य बंगलादेशले ४ विकेटको क्षतिमा ३४.४ ओभरमा पूरा गर्यो।
बंगलादेशका लागि नजमुल हुसैनले अविजित ५९ रन बनाए। त्यस्तै मेहिदी हसनले ५७ रन, साकिब अली १४ र लिटन दास १३ रन बनाएर पेभेलिएन फर्किएका थिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ३७.२ ओभरमा अलआउट हुँदै १५६ रन बनाएको थियो। अफगानिस्तानलाई सस्तैमा आउट गर्न साकिब र मेहिदीले तीन तीन विकेट लिए। अफगानिस्तानका लागि रहमुल्लाह गुर्वाजले सर्वाधिक ४७ रन बनाए।
त्यस्तै इब्राहितले २२, अजमतुल्लाहले २२, रहमतले १८ र हसमुल्लाहले १८ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।