मुख्य समाचार
वीरगन्ज कारागारका १ सय ५८ कैदीबन्दीले गरे रक्तदान
वीरगन्ज कारागारका १ सय ५८ कैदीबन्दीले गरे रक्तदान

: वीरगन्ज कारागारका १ सय ५८ कैदीबन्दीले रक्तदान गरेका छन्।

वीरगन्जस्थित प्रभु हस्पिटलको चौथो स्थापना दिवसका अवसरमा शनिबार कारागार परिसरभित्रै आयोजित रक्तदान कार्यक्रममा कारागारका १ सय ५८ कैदीबन्दीले रक्तदान गरेका हुन्।

कार्यक्रममा पाँच जना सशस्त्र प्रहरीसहित १ सय ६३ जनाले रक्तदान गरेकोमा त्यसमध्ये कैदीबन्दीको संख्या १ सय ५८ जना रहेको कारागार प्रमुख फणिन्द्र दाहालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंमा सन्तानबिहीन एक महिलाले अस्पतालबाटै नवजात शिशु चोरेर हिंडेको घटना सेलाउन नपाउँदै वीरगन्जमा भने जन्मिएको शिशु नै अस्पतालमा छाडेर आमा बेपत्ता भएको घटना सार्वजनिक भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा छोरी जन्मिएको भन्दै परिवारका सदस्यहरुले झगडा गरेपछि आफूले जन्माएको नवजात शिशु अस्पतालको बेडमै छाडेर एक जना महिला बेपत्ता भएकी हुन्। नारायणी अस्पतालका सूचना अधिकारी डा. ...
: सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ। दादुरा-रुबेला खोप अभियान २०८०/८१ अन्तर्गत प्रदेशका नौ जिल्लामा खोप लगाउन लागिएको हो। यही फागुन १३ गतेदेखि प्रदेशभरि एकसाथ सुरु हुने खोप अभियानमा नौ महिनादेखि ५ वर्षमुनिका दुई लाख नौ हजार सात सय ५५ जना र पाँच वर्षदेखि १५ वर्ष ...
— कक्षा ३ मा पढ्दै गरेका अविरल शर्मा (परिवर्तित नाम) झन्डै १० वर्षका भए । शारीरिक रूपमा उनी अन्य सामान्य बालबालिकाभन्दा भिन्न देखिन्नन् । तर, उनी प्रायः एक्लै बस्न रुचाउँछन् । अत्यन्तै दुर्लभ मानिने ‘जेनेटिक म्युटेसन एमवाईएच-९’ (आनुवंशिक उत्परिवर्तन) नामक रोगका कारण उनी आफ्नै उमेर समूहका बालबालिकासँग पनि घुलमिल हुन रुचि देखाउँदैनन् । अविरलको जिनमा ‘एमवाईएच ९’ (मायोसिन हेभी चेन–९) ...
:सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए। उनले ती बालबालिकालाई एक हजार ...
— लमजुङको मध्यनेपाल नगरपालिका-४ मा किसानले खोरमा पालेको सुँगुरमा १ महिनाअघि देखा परेको अफ्रिकन स्वाइन फिभर तत्कालका लागि नियन्त्रणमा आएको छ । उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य अफ्रिकन स्वाइन फिभरको जोखिम उच्च रहे पनि हाललाई अरु ठाउँमा नसरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ । विज्ञ केन्द्रका सूचना अधिकारी पशु सेवा प्राविधिक ...