पारस खड्का भन्छन् : क्रिकेटको विकास र विस्तारका निम्ति सबैको विश्वास लिन्छु
पारस खड्का भन्छन् : क्रिकेटको विकास र विस्तारका निम्ति सबैको विश्वास लिन्छु

: नेपाल क्रिकेट संघका सचिव पारस खड्काले सबैको सोच र विचार केबल नेपाली क्रिकेटको विकासमा हुने बताएका छन् । पूर्वकप्तान समेत रहेका खड्काले नीतिगत तहबाट प्रयास गरी अगाडि बढ्ने बताएका हुन्।

उनले नेपाली क्रिकेटको विकास तथा विस्तारका निमित्त काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘नेपाल क्रिकेट संघको सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशनबाट निर्वाचित हुनु हुने सम्पूर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यज्युहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। साथै, मलाई विश्वास गरेर नेपाल क्रिकेट संघको निर्वाचित सचिव बन्नका निमित्त मतदान गर्नुहुने सम्पुर्ण मतदाताज्युहरु तथा शुभकामना व्यक्त गर्नुहुने सबै नेपाली क्रिकेट शुभचिन्तकहरुमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु।’उनले भने,‘नेपाली क्रिकेटले बोकेको सम्भावना, यसको विकास तथा विस्तारका निमित्त नीतिगत तहबाट प्रयास गरी, नवनिर्वाचित कार्यसमितिको विश्वास लिई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु। अब हामी सबैको सोच र विचार केबल नेपाल क्रिकेटको विकास हुनेछ भन्ने विश्वास गरेको छु।’

क्यानको निर्वाचनमा सचिव पदका लागि ८५ मत खसेकोमा खड्का ४८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रटिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...