: नेपाल र लाओसबीचको खेल असोज २५ गते दशरथ रङ्गशालामा हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फुटबल वर्ल्ड कप-२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड-१ अन्तर्गत बिहीबार हुने खेलको तयारी पूरा भएको जनाएको छ।
फिफा वरियतामा लाओस १८६औँ र नेपाल १७५ औँ स्थानमा छन्। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसको प्रशिक्षणमा हाल २५ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।
खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ रु तीन सय र भिआइपी पाराफिटतर्फ रु पाँच सय कायम गरिएको छ। खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने छ। सो प्रतियोगिताका लागि रु ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ।