चीनको हाङ्झाउमा जारी एसियाली खेलकुद २०२२ मा भारतले अहिलेसम्म सय पदक जितेको छ ।
शुक्रबारसम्म भारतले कुल ९५ पदक जितेको थियो । शनिबार बिहान आर्चरीमा भारतले पहिलो दुई पदक जितेको थियो । महिलातर्फ भारतकी ज्योति सुरेखाले स्वर्ण र अदिति स्वामीले कास्य पदक जितिन् ।
यसपछि पुरुष आर्चरीको फाइनल दुवै भारतीय खेलाडीबीच भयो । ओजस देवताले स्वर्ण र अभिषेक वर्माले रजत पदक जिते ।
यसपछि स्वर्ण पदकसँगै कबड्डीमा भारतको १०० पदक पूरा भयो।
कबड्डीको फाइनलमा चाइनिज ताइपेईलाई हराउँदै भारतले स्वर्ण जितेको हो । बीबीसी