महिला भलिबलमा लगातार हार
महिला भलिबलमा लगातार हार

: १९औं एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल लगातार पराजित भइरहेको छ। शुक्रबार नवौंदेखि १२औं स्थानसम्मका लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको हो। निकै कमजोर प्रदर्शन गरेको नेपाल हङकङसँग ३–० ले पराजित भएको हो। हाङचाओ नर्मल युनिभर्सिटी जिम्न्याजियममा भएको खेलमा नेपाल हङकङसँग २५–२२, २५–१६, २५–१८ ले पराजित भएको हो।

पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाएको नेपालको यो चौथो हार हो। समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको नेपाल त्यसपछि क्लासिफिकेसन खेलमा भारतसँग पराजित भएको थियो।

नेपालले अब ११औं स्थानका लागि मंगोलियासँग शनिबार प्रतिस्पर्धा गर्नेछ। मंगोलिया शुक्रबार भएको खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।

यसैगरी डान्स स्पोर्ट्सको ब्रेकिङ विधामा नेपालका दीपक लामा पहिलो चरणबाटै बाहिरिएका छन्। शुक्रबार भएको पुरुषतर्फको प्रिसेलेक्समा प्रतिस्पर्धा गरेका उनी पहिलो चरणबाटै बाहिरिएका हुन्। प्रिसेलेक्सनमा कुल २५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा दीपक २३औं स्थानमा रहेका थिए। दीपकले ताजकिस्तानका दुई खेलाडीलाई पछि पारेका थिए।

प्रिसेलेक्सनबाट शीर्ष १६ स्थानमा रहेका खेलाडीहरू अघिल्लो चरणमा प्रवेश गरेका थिए। एसियाली खेलकुदमा नेपालले पहिलो पटक डान्स स्पोर्ट्समा सहभागिता जनाएको हो। दीपकले चीन आउनु अघि बेल्जियममा भएको वल्र्ड डान्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए।

यसैगरी कुस्तीमा नेपालकी सुशिला चन्द पराजित भएकी छन्। लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ६२ केजीको पहिलो चरणमा भारतकी सोनमले सुशिलालाई १०–० ले पराजित गरेकी हुन्। अघिल्लो दिन महिला ५७ केजीको पहिलो चरणमा नेपालकी सुवाङ्गी दुवे थाइल्यान्डकी श्रृपारासँग ८–० ले पराजित भएकी थिइन्।

शनिबार दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। १२५ केजीमा नेपालका राज यादवले कम्बोडियाका बाली सोउ तथा ७४ केजीमा नेपालका सुरेश चुनाराले तुर्कमेनिस्तानका पर्मन होम्मादोभसँग खेल्ने छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...