: अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी १५ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते छन्।
अमेरिकी भूगर्भ सर्वेक्षणले ६.३ म्याग्निच्युडको भूकम्पपछि हेरात प्रान्तमा धेरै शक्तिशाली पराकम्पहरु गएको जनाएको छ ।
भूकम्पले इरानसँगको सीमा नजिकै रहेको हेरात सहरका भवनमा क्षति पुगेको छ । अफगान अधिकारीहरूले भग्नावशेषमा केही मानिस फसेको बताएका छन्।
आसपासका ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरो गएको खबर प्राप्त भएको छ । बितेको जुन महिनामा गएको भूकम्पमा परी एक हजारभन्दा बढीको ज्यान गएको थियो ।