करातेमा ऐतिहासिक रजत
करातेमा ऐतिहासिक रजत

: चीनको हाङचाओमा जारी १९औं एसियाली खेलकुदमा नेपालले ऐतिहासिक रजत पदक जितेको छ। १९ वर्षीया एरिका गुरूङले करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी हुन्। हाङचाओस्थित लिनिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा शनिबार भएको महिला ६८ केजीमाथिको तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अंकले पराजित भएपछि एरिका रजत पदकमा रोकिएकी हुन्।

यसअघि शनिबार नै भएको सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८–४ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्। क्वार्टरफाइनलमा भने जापानकी खेलाडी एजुकी सबाईलाई सेन्सुको आधारमा हराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन्। दुवै खेलाडी समान १–१ अंक जोडेपछि पहिलो अंक पाएको आधारमा एरिकाले सेमिफाइनलमा स्थान बनाएकी थिइन्। एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक जितेकी हुन्। यसअघि नेपालले महिला कबड्डीमा कांस्य पदक जितेको थियो।

एसियाली खेलकुदको इतिहासमा भने नेपाल नेपालले दोस्रो पटक रजत पदक जितेको हो। सन् १९९८ मा बैंककमा भएको १३औं एसियाली खेलकुदमा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक नेपाललाई रजत दिलाएकी थिइन्। यस्तै पछिल्लो पटक सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको पुरुष टिम स्पर्धामा रजत पदक जितेको थियो। व्यक्तिगत स्पर्धामा भने एरियाले २५ वर्षपछि नेपाललाई रजत पदक दिलाएकी हुन्। व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने उनी सविता राजभण्डारीपछि दोस्रो खेलाडी हुन्। करातेमा पहिलो रजत तथा समग्रमा तेस्रो रजत पदक जिताएकी हुन्। एसियाली खेलकुदमा नेपालले लगातार दुई संस्करणमा रजत पदक जितेको छ। एसियाली खेलकुदको ७२ वर्षको इतिहासमा नेपालले लगातार दुई संस्करणमा रजत पदक जितेको यो पहिलो पटक हो।

यससँगै एसियाली खेलकुदमा नेपालको पदक संख्या २६ पुगेको छ। एसियाली खेलकुदमा नेपालले यसअघि २४ पदक जितेको थियो। जसमा दुई रजत र २२ कांस्य समावेश थिए। नेपालले यसअघि तेक्वान्दोमा १४, बक्सिङमा ६, करातेमा तीन र प्याराग्लाइडिङमा एक पदक जितेको थियो। एसियाली खेलकुदमा करातेले पहिलो पटक रजत पदक जितेको हो। नेपालले एसियाली खेलकुदमा करातेबाट जितेको यो चौथो पदक हो। यसअघि सन् १९९८ मा समरबहादुर गोले र सन् २०१४ मा विमला तामाङले कांस्य पदक जितेका थिए। नेपाली टोलीका सेभ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एरिकालाई ऐतिहासिक पदक जित्न सफल भएकोमा बधाइ दिदै उनले सिंगो राष्ट्रको शिर उँचो बनाएको बताए।

‘मेरो पदक देशका लागि’

शनिबार नेपाललाई करातेमा ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङले आफ्नो पदक राष्ट्रका लागि समर्पण गरेकी छन्।

‘मैले आफ्नो बेस्ट दिएको हो। सोफ्या बेरुल्तसेभा निकै अनुभवी खेलाडी हुन्। उनीसँग मैले राम्रो खेलें। हाम्रो अनुभवको कमीले गर्दा स्वर्णबाट चुक्न पुगें’, उनले भनिन्, ‘यसलाई मैले शिक्षाका रुपमा लिएकी छु। यसले सदैव उर्जा दिइरहने छ। यो पदक देशका लागि समर्पण गर्न चाहन्छु। उनले खेलाडीले राम्रो प्रशिक्षण र ‘एक्सपोजर’ पाउने हो भने आगामी दिनमा उत्कृष्ट नतिजा ल्याउन सकिने बताइन्।

‘देशका लागि पदक जित्दा मैले आफूलाई भाग्यमानी ठानेकी छु। मलाई निकै गर्व लागेको छ। देशका लागि अझै धेरै गर्नुछ। यो एउटा खुड्किलो मात्रै हो’, एरिकाले भनिन्, ‘अबका दिनमा राम्रो प्रशिक्षण र ‘एक्सपोजर’ पाएमा योभन्दा ठूलो प्रतियोगितामा पनि पदक जित्न सकिन्छ।’

एसियाली खेलकुदका पदक विजेता खेलाडी

१०औं संस्करण १९८६ (सोल, दक्षिण कोरिया)
– दलबहादुर रानामगर (बक्सिङ) कांस्य
– तुलबहादुर थापा (बक्सिङ) कांस्य
– सुशील पोखरेल (बक्सिङ) कांस्य
– मनोजबहादुर श्रेष्ठ (बक्सिङ) कांस्य
– राजकुमार राई (तेक्वान्दो) कांस्य
– विधान लामा (तेक्वान्दो) कांस्य
– रामबहादुर घर्ती (तेक्वान्दो) कांस्य
– राजकुमार बुढाथोकी (तेक्वान्दो) कांस्य
११औं संस्करण १९९० (बेइजिङ, चीन)
– चित्रबहादुर गुरुङ (बक्सिङ) कांस्य
१२औं संस्करण १९९४ (हिरोसिमा, जापान)
– मानबहादुर शाही (तेक्वान्दो) कांस्य
– सीता राई (कराते) कांस्य
१३औं संस्करण १९९८ (बैंकक, थाइल्यान्ड)
– सविता राजभण्डारी (तेक्वान्दो) रजत
– किशोर श्रेष्ठ (तेक्वान्दो) कांस्य
– सपना मल्ल (तेक्वान्दो) कांस्य
– समरबहादुर गोले (कराते) कांस्य
१४औं संस्करण २००२ (बुसान, दक्षिण कोरिया)
– दीपक विष्ट (तेक्वान्दो) कांस्य
– रेनुका रानामगर (तेक्वान्दो) कांस्य
– ऋतु जिमी राई (तेक्वान्दो) कांस्य
१५औं संस्करण २००६ (दोहा, कतार)
– दीपक विष्ट (तेक्वान्दो) कांस्य
– आयशा शाक्य (तेक्वान्दो) कांस्य
– मनिता शाही (तेक्वान्दो) कांस्य
१६औं संस्करण २०१० (ग्वाङ्झाव, चीन)
– दीपक महर्जन (बक्सिङ) कांस्य
१७औं संस्करण २०१४ (इन्चोन, दक्षिण कोरिया)
– विमला तामाङ (कराते) कांस्य
१८औं संस्करण २०१८ (जाकार्ता, इन्डोनेसिया)
– पुरुष टिम (प्याराग्लाइडिङ) रजत
१९औं संस्करण २०२३ हाङचाओ (चीन)
– महिला टिम (कबड्डी) कांस्य
– एरिका गुरुङ (कराते) रजत

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...