न्युजील्यान्डको दोस्रो जित, नेदरल्यान्ड्स ९९ रनले पराजित
न्युजील्यान्डको दोस्रो जित, नेदरल्यान्ड्स ९९ रनले पराजित

: आइसीसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा न्युजील्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको छ। न्युजील्यान्ड लगातार दोस्रो खेलमा विजयी भएको हो। न्युजील्यान्डले यसअघि पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्स भने यसअघि पहिलो खेलमा पनि पाकिस्तानसित ८१ रनले पराजित भएको थियो।


भारतको हैदरावादमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोज्यो। न्युजिल्यान्डले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय २२ रन बनायो। तीन सय २३ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सको पारी ४६ दशमलव तीन ओभरमा दुई सय २३ रनमा समेटियो।

यसअघि न्युजील्यान्डका लागि ब्याटिङ गर्ने क्रममा विल योङले सर्वाधिक ७० रनको योगदान दिए । उनले ८० बलमा दुई छक्का र सात चौका हाने। यस्तै कप्तान टम लाथमले ४६ बलमा एक छक्का र ६ चौकासहित ५३, रचिन रविन्द्रले ५१ बलमा तीन चौका र एक छक्कासहित ५१, डार्यल मिचेलले ४७ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ४६ तथा मिचेल शान्टनरले अविजित ३६ रन बनाए। उनले १७ बल खेल्ने क्रममा दुई छक्का र तीन चौकासमेत हिर्काए । यसैगरी डेभन कन्वेले ४० बल खेल्दै एक छक्का र पाँच चौकाको मद्दतमा ३२३ रनको योगदान दिए।

बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त, पाउल भान मार्केन र रोइलोफ भान डेर मेर्वेले दुई दुई तथा बास डी लिडेले एक/एक विकेट लिए। दुई सय २३ रन बनाउने क्रममा नेदरल्यान्ड्सका कोलिन एक्रिमनले ६९ रन बनाए। उनले ७३ बल खेल्ने क्रममा पाँच चौका प्रहार गरे। कप्तान स्कट एडवार्डस्ले ३०, शाइव्रान्ड इन्जिेलव्रेच्डले २९, तेजा निदाममनरुले २१, बास डी लिडेले १८, म्याक्स ओडाउडले १६, विक्रमजित सिंहले १२ तथा आर्यन दत्तले ११ रन बनाए। बलिङतर्फ मिचेल शान्टनरले पाँच, म्याट हेनरीले तीन तथा रचिन रविन्द्रले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...