मुख्य समाचार
यी हुन् इजरायलको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरिएका ३२ नेपाली
यी हुन् इजरायलको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरिएका ३२ नेपाली

: इजरायलको युद्धग्रस्त क्षेत्रबाट ३२ जना नेपालीको उद्धार गरिएको छ। इजरायली सेनाले उनीहरूलाई उद्धार गरी सुरक्षित स्थान पुर्‍याएको छ।

उद्धार गरिनेमा रमेशबहादुर भण्डारी, विनोदप्रसाद साह, आभास भट्टराई, नरेश सिंह भण्डारी, लोकन्द्र विस्ट, रोहित नायक, निरञ्जनकुमार कुश्वाहा, अरविन कुमार चौधरी, उपेन्द्र जिसी रहेका छन्।
त्यस्तै ओमप्रकाश उपाध्याय, गणेश साउद, बादल सुवेदी, प्रविन बिसी, गणेश प्रसाद जोशी, नविन घिमिरे, श्रेया तिवारी, विपना जोशी, नारायण भुसाल, मनिषा खनाल, लुइस रिजाल, प्रमोद भट्ट, अनुप अधिकारी, समर्पण आचार्य, निश्चल पाण्डे, विभुसा अधिकारी, सुस्मा रेग्मी, रचना चौधरी, आशा मिश्रा, कल्पना जोही, शीलाकुमारी यादव, साधना बोहोरा र विपिन सुवेदीलाई उद्धार गरिएको हो।
हमासको आक्रमणमा परी दस जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मलेसियाले एकैदिन २६ जना नेपालीलाई निष्कासन गरेको छ। मलेसियाको कानुन उल्लंघन गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो। अध्यागमन कार्यालय स्रोतका अनुसार उनीहरू बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्। बटिक एयरलायन्सको विमानबाट उनीहरू काठमाडौं आइपुगेका हुन्। केही महिनाअघि श्रम गरेर मलेसिया पुगेका उनीहरूलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको थियो। श्रम सम्झौताविपरीत अर्कै कम्पनीमा काम गरेको भेटिएपछि त्यहाँको अध्यागमनले ...
: क्यानडाले दुई जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो। निष्कासनमा पर्नेहरूमा कौशिला भुर्तेल र हिमलाल भुर्तेल रहेका छन्। एयर इन्डियाको विमानबाट मंगलबार उनीहरू काठमाडौं आइपुगेका हुन्। पछिल्लो समय अध्यागमन कानुन उल्लंघन गरी निष्कासनमा पर्ने नेपालीको संख्या बढिरहेको छ। केही दिनअघि अमेरिकाले पनि दुई जना नेपालीलाई निष्कासन गरेको थियो।
— अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ । कमाउनका लागि ११ महिनाअघि अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेश केसी र पढाइका लागि छात्रवृत्ति पाएर अमेरिका पुगेका बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको हो । उनीहरूसँगै कारमा सवार अर्का एक युवक घाइते छन् । उनको भने ...
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। दक्षिण कोरियाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल 'डीपोर्ट' गरिएको स्रोतले बताएको छ। स्रोतका अनुसार निष्काशन गरिनेहरूमा लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ रहेका छन्। उनीहरूलाई शुक्रबार र शनिबार गरी नेपाल फिर्ता पठाइएको ...
: उत्तर अमेरिकी देश कोस्टारिकाले ८ जना नेपालीको भिसा रद्द गरिदिएको छ। भिसा रद्द गरिदिएपछि कोस्टारिका पुगेका उनीहरू शनिबार काठमाडौं फर्किएका छन्। फर्किनेहरूमा आशिष माझी, बुद्धिलाल माझी, चन्द्रबहादुर थापा मगर, गणेश बहादुर थापा मागर, आकाश जिसी, अशोक ढकाल, अम्बिरकुमार ढकाल र दिनेश प्रसाद अधिकारी रहेको स्रोतले जनाएको छ। दिनेश कतार एयरलायन्सको विमानबाट फर्किएका हुन् भने बाँकी ७ ...