भन्सार जाँचपास गर्न सिधै चोभार आउन थाले विद्युतीय सवारी
भन्सार जाँचपास गर्न सिधै चोभार आउन थाले विद्युतीय सवारी

: विद्युतीय सवारी आयातकर्ताले आयात गरेका सवारी भन्सार जाँचपासका लागि सिधै चोभार ल्याउन थालेका छन्। चोभारस्थित नवनिर्मित सुख्खा बन्दरगाहमा शनिबारदेखि विद्युतीय गाडीहरू समेत आउन थालेको बन्दरगाह निर्माण तथा व्यवस्थापन गरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।


ईभी नेपालजी मोटर्सले ४ वटा इलेक्ट्रिक कार कन्टेनरमा राखी चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो। उक्त गाडीहरू भन्सार जाँचपासका लागि वीरगञ्ज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याइएको हो।

सुरुमा कन्टेनराइज्ड कार्गो मात्र आउने गरेकोमा चोभार सुख्खा बन्दरगाहमा गत असार १४ गतेदेखि भन्सार जाँच पासका लागि नयाँ सवारी साधनहरू समेत आउन थालेकामा पहिलोपल्ट विद्युतीय गाडी आएको हो। बन्दरगाह २०७८ चैत्र २२ देखि सञ्चालनमा आएको हो।

हाल सम्म सांग्रिला मोटर्स, जी‍ओ अटो मोबाइल्सलगायत अन्य कम्पनीहरूका पेट्रोलियम पदार्थबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयबाट जाँचपास भएका छन्। चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास प्रक्रिया व्यवस्थित भएपछि सवारी साधन चोभार आउन थालेका हुन। आगामी दिनमा अझै थप सवारी चोभार आउने जानकारी आयातकर्ताहरूले गराएको गजुरेलले बताए।

चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कन्टेनराइज्ड मालवस्तु एवं नयाँ सवारी साधनहरू चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि ल्याउन आयातकर्तासँग पटक पटक छलफल भएको र चाँडै पुनः आयात/निर्यातकर्ताहरूसँग छलफल गरिने गजुरेलको भनाइ छ।

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि आउने मालवाहक सावरी साधन एवं नयाँ सवारी साधनहरूका लागि प्रवेश निःशुल्क छ। यसैगरी पार्किङ एवं गोदाम शुल्क समेत न्यूनतम् गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको छ।

हालसम्म चोभार सुक्खा बन्दरगाहमा २०२ वटा कन्टेनर र ८७ (८३ वटा पेट्रोल र ४ वटा इलेक्ट्रिक) नयाँ गाडीहरू भन्सार जाँचपासका लागि आइसकेको र उक्त आउने क्रम निरन्तर रुपमा बढी रहेको इन्टरमोडलले जनाएको छ।

सुक्खा बन्दरगाहको एक्जिम क्षेत्रमा भएको दुईवटा गोदामहरू पनि आयातकर्ताले सामान भण्डारणका लागि प्रयोग गर्ने गरेका छन् भने आन्तरिक टर्मिनलको पार्किङ एवं गोदाम प्रयोगका लागि आउने व्यवसायीहरूको संख्या समेत बढ्दो क्रममा रहेको इन्टरमोडलले जनाएको छ।

बन्दरगाह सञ्चालन तथा व्यवस्थापनका लागि निजी क्षेत्रलाई दिनका लागि हाल कम्पनी छनौट प्रकृया भइरहेको र निकट भविष्यमा नै यस सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई हस्तान्तरण हुने गजुरेलले बताए। ‘निजी क्षेत्रबाट यस सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन सुरु भएपछि बन्दरगाहबाट व्यापारिक कारोबारमा अझै वृद्धि हुनेछ,’ गजुरेलले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...