मुख्य समाचार
बंकरमा रहेका सुवेदीसहित पाँच जनाको उद्धार गर्ने राजदूतावासको तयारी
बंकरमा रहेका सुवेदीसहित पाँच जनाको उद्धार गर्ने राजदूतावासको तयारी

: इजरायलस्थित नेपाली राजदूतावासले बंकरमा रहेका विपिन सुवेदीसहित पाँच जनाको उद्धार गर्ने तयारी गरेको छ। एनआरएनए इजरायलका अध्यक्षमा श्रीकृष्ण भण्डारीका अनुसार बेलुकासम्म नेपाली राजदूतावाससम्म उनीहरुको उद्धार गर्ने जानकारी दिए।


नेपालीहरूलाई यथासक्य सुरक्षित क्षेत्रतिर सार्न विशेष पहल गर्न इजरायलस्थित नेपाली राजदूतावासलाई दबाब सिर्जना गरिरहेको उनको भनाई छ। ‘आज बेलुकासम्म नेपाली दूतावास र एनआरएन इजरायलको संयुक्त टोलीले दक्षिण बोर्डरमा जहाँ आतङ्कवादी हमला भयो सो क्षेत्रमा बंकरमा रहेका नेपाललाई ल्याउन गाडी पठाइँदै छ।’ भण्डारीले अन्नपूर्ण पोस्ट्सँग भने,‘त्यो क्षेत्रमा रहेर असुरक्षित महशुस गरेका अन्यलाई पनि ल्याउने तयारी भइरहेको छ।’

सुवेदीले एक भिडियो सन्देश जारी गर्दै सकेको जति सुरक्षित ठाउँमा लगिदिन सरकारसँग आग्रह गरेका थिए। नेपालीहरू थप अत्तालिनुको कारण भने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल युद्धमा रहेको र यो युद्ध लामो र कठिन रहने वक्तव्य दिएपछि थप असुरक्षित महसुुस गरेका हुन्। प्यालेस्टाइनले गरेको आक्रमणलाई इजरायलले काउन्टर अट्याक थालेपछि बोर्डर क्षेत्रमा थप त्रास बढेकाले नेपालीहरू आत्तिएको हुनसक्ने त्यहाँस्थित नेपाली बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका विभिन्न कारणले मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको छ। साउदीस्थित नेपाली दूतावासका अनुसार गत साउनदेखि चैत १० सम्म मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको हो। नौ महिनाभित्र विभिन्न कारणले मृत्यु भएका १ सय ३६ नेपालीको शवमध्ये १२१ वटा नेपाल पठाइएको छ। ...
: अपराधमा संलग्न एक नेपालीलाई अष्ट्रेलियाले निष्कासन गरेको छ। घरेलु हिंसामा संलग्न ती नेपालीलाई अष्ट्रेलियाको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थापालाई गत साता नेपाल फर्काइएको हो। उनलाई थाइ एयरको जहाजबाट काठमाडौं नेपाल फर्काइएको हो। 'घरेलु हिंसामा मुछिएका थापालाई त्यहाँको प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। आवश्यक ...
: वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाले नेपालीमाथि ठूलो धरपकड गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेर बसिरहेका नेपालीमाथि मलेसिया सरकारले धरपकड गरेको हो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाको अध्यागमनले एकैपटक २६ जना नेपालीलाई निष्कासन गरेको छ। गत साता उनीहरूलाई मालिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो। निष्कासनमा पर्नेमा सरदार, साह, राउत, श्रेष्ठ, कार्की, विक, सुडी, सहनी, बटार, राई, ...
: अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका प्रवेश गरेका ती नेपालीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा विष्ट, तामाङ र होली थरीका एक-एक जना रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई एयर इन्डियाको जहाजबाट यसै साता नेपाल फर्काइएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिअन्तर्गत पछिल्लो समय अमेरिकाले अवैध आप्रवासीहरूलाई धमाधम पक्राउ गरी निष्कासन गर्न ...
: वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया ज्यान गुमाएका रौतहट भवानीपुरका बिनोद चौधरीको परिवारलाई ४ लाख २५ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरिएको छ। मृतक चौधरी अरबको दमाममा गत मार्च ७ तारिखका दिन आफ्नै क्याम्पमा सुतिरहेको अवस्थामा निधन भएको थियो। मृतक चौधरीलाई कम्पनीमा कार्यरत कामदारहरूले सकेको आर्थिक सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको हो। ४० वर्षीय ...