मुख्य समाचार
हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु, एक जना सम्पर्कविहीन
हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु, एक जना सम्पर्कविहीन

: प्यालेस्टानी विद्रोही (हमास)को आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। सँगै गएका नेपाली विद्यार्थी नितिन भण्डारीका अनुसार अन्य चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन्। अन्य दुई जना भने सकुशल रहेको नितिनले जानकारी दिए। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू रहेको नितिनको भनाइ छ।


मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी रहेका छन्। इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले घटनामा १० नेपालीको मृत्यु भएको अन्नपूर्णलाई पुष्टि गरिन्।

११ महिनाका लागि 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये सल्यानका प्रमोद केसी र कैलालीका बीरेन्द्र चौधरी सकुलस छन्। तीमध्ये प्रमोद कृषि फार्मका मालिकसँग रहेका छन् भने बीरेन्द्र प्रहरीकहाँ सुरक्षित छन्।

त्यस्तै विद्रोहीको आक्रमणबाट चार जना घाइतेमध्ये सल्यानका विधान सेजवा र दाङका प्रविन डाँगीलाई खुट्टामा चोट लागेको छ भने कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमााञ्चल कट्टेल अस्पतालमा सकुशल रहेका छन्। कञ्चनपुरका बिपिन जोसी भने सम्पर्कविहीन रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मलेसियाले एकैदिन २६ जना नेपालीलाई निष्कासन गरेको छ। मलेसियाको कानुन उल्लंघन गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो। अध्यागमन कार्यालय स्रोतका अनुसार उनीहरू बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्। बटिक एयरलायन्सको विमानबाट उनीहरू काठमाडौं आइपुगेका हुन्। केही महिनाअघि श्रम गरेर मलेसिया पुगेका उनीहरूलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको थियो। श्रम सम्झौताविपरीत अर्कै कम्पनीमा काम गरेको भेटिएपछि त्यहाँको अध्यागमनले ...
: क्यानडाले दुई जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो। निष्कासनमा पर्नेहरूमा कौशिला भुर्तेल र हिमलाल भुर्तेल रहेका छन्। एयर इन्डियाको विमानबाट मंगलबार उनीहरू काठमाडौं आइपुगेका हुन्। पछिल्लो समय अध्यागमन कानुन उल्लंघन गरी निष्कासनमा पर्ने नेपालीको संख्या बढिरहेको छ। केही दिनअघि अमेरिकाले पनि दुई जना नेपालीलाई निष्कासन गरेको थियो।
— अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ । कमाउनका लागि ११ महिनाअघि अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेश केसी र पढाइका लागि छात्रवृत्ति पाएर अमेरिका पुगेका बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको हो । उनीहरूसँगै कारमा सवार अर्का एक युवक घाइते छन् । उनको भने ...
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। दक्षिण कोरियाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल 'डीपोर्ट' गरिएको स्रोतले बताएको छ। स्रोतका अनुसार निष्काशन गरिनेहरूमा लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ रहेका छन्। उनीहरूलाई शुक्रबार र शनिबार गरी नेपाल फिर्ता पठाइएको ...
: उत्तर अमेरिकी देश कोस्टारिकाले ८ जना नेपालीको भिसा रद्द गरिदिएको छ। भिसा रद्द गरिदिएपछि कोस्टारिका पुगेका उनीहरू शनिबार काठमाडौं फर्किएका छन्। फर्किनेहरूमा आशिष माझी, बुद्धिलाल माझी, चन्द्रबहादुर थापा मगर, गणेश बहादुर थापा मागर, आकाश जिसी, अशोक ढकाल, अम्बिरकुमार ढकाल र दिनेश प्रसाद अधिकारी रहेको स्रोतले जनाएको छ। दिनेश कतार एयरलायन्सको विमानबाट फर्किएका हुन् भने बाँकी ७ ...