मुख्य समाचार
इजरायलमा रहेकी नेपाली विद्यार्थी कल्पनाले भनिन्- सानो बंकरमा १८ जना भोकभोकै छौं
इजरायलमा रहेकी नेपाली विद्यार्थी कल्पनाले भनिन्- सानो बंकरमा १८ जना भोकभोकै छौं

: इजरायलको मिभ्टाहिम सहरको शोरासिम फर्ममा १८ जना नेपाली भोकभोकै बसिरहेका छन्। त्यहाँ रहेकी नेपाली विद्यार्थी कल्पना जोशीले सानो बंकरभित्र १८ जना नेपाली भोकभोकै रहेको बताइन्।


'हामी मिभ्टाहिम सहरको शोरासिम फर्ममा कार्यरत छौं। हिजो बिहानबाटै निद्रामै बंकरभित्र भागेका हौं, अहिले पनि बंकरमै छौं। सानो बंकरमा १८ जना छौं, ३ जना सुदूरपश्चिम विश्वविद्यालयका र १५ जना कृषि तथा वन विज्ञान विश्वविद्यालयका। हामी १२ जना छात्रा र ६ जना छात्र छौं।

नेपालबाट ल्याएको चाउचाउ र पानी खाएर हिजोको रात काटेको उनले बताइन्। 'कलेजका साथीहरू अर्को फर्ममा थिए। बिहानै कलेजको ग्रुपमा म्यासेज गरेका थिए। हिजो हामीलाई बचाउ, नेपाल फर्काउने व्यवस्था मिलाउ भन्दै थिए। त्यतिबेला त्यति गाह्रो भइसकेको थिएन। हामीले मजाकमा लियौं। हामीलाई रमाइलो लागिरहेको थियो। सामान्य लागिरहेको थियो।'

उनीहरूको म्यासेज आएपछि होस उडेको उनको भनाइ छ। 'त्यसपछि अवस्था झन बिग्रियो। गाह्रो हुँदै गयो। अहिले ४९ मध्ये १२ जना साथीहरू सम्पर्कबिहीन छन। ५ जना गम्भीर घाइते भएको खबर छ। हामी हाम्रा साथीहरू सकुशल हुन भन्ने प्रार्थनाबाहेक केही गर्न सकिराखेका छैनौं। यता नि कतिबेला के हुने हो केही थाहा छैन। हामीसँग भगवानको भरोसा बाहेक अरू केही आशा छैन। हामीसँगै आएका सबै साथीसँगै फर्किन पाए हुन्थ्यो भन्ने कामना गरिरहेका छौं।'

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, स्कुल अफ एग्रिकल्चरमा अध्ययनरत हाल इजरायलमा रहेकी कल्पना जोशीसँग म्यासेन्जर गरिएको कुराकानी।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका विभिन्न कारणले मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको छ। साउदीस्थित नेपाली दूतावासका अनुसार गत साउनदेखि चैत १० सम्म मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको हो। नौ महिनाभित्र विभिन्न कारणले मृत्यु भएका १ सय ३६ नेपालीको शवमध्ये १२१ वटा नेपाल पठाइएको छ। ...
: अपराधमा संलग्न एक नेपालीलाई अष्ट्रेलियाले निष्कासन गरेको छ। घरेलु हिंसामा संलग्न ती नेपालीलाई अष्ट्रेलियाको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थापालाई गत साता नेपाल फर्काइएको हो। उनलाई थाइ एयरको जहाजबाट काठमाडौं नेपाल फर्काइएको हो। 'घरेलु हिंसामा मुछिएका थापालाई त्यहाँको प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। आवश्यक ...
: वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाले नेपालीमाथि ठूलो धरपकड गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेर बसिरहेका नेपालीमाथि मलेसिया सरकारले धरपकड गरेको हो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाको अध्यागमनले एकैपटक २६ जना नेपालीलाई निष्कासन गरेको छ। गत साता उनीहरूलाई मालिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो। निष्कासनमा पर्नेमा सरदार, साह, राउत, श्रेष्ठ, कार्की, विक, सुडी, सहनी, बटार, राई, ...
: अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका प्रवेश गरेका ती नेपालीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा विष्ट, तामाङ र होली थरीका एक-एक जना रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई एयर इन्डियाको जहाजबाट यसै साता नेपाल फर्काइएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिअन्तर्गत पछिल्लो समय अमेरिकाले अवैध आप्रवासीहरूलाई धमाधम पक्राउ गरी निष्कासन गर्न ...
: वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया ज्यान गुमाएका रौतहट भवानीपुरका बिनोद चौधरीको परिवारलाई ४ लाख २५ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरिएको छ। मृतक चौधरी अरबको दमाममा गत मार्च ७ तारिखका दिन आफ्नै क्याम्पमा सुतिरहेको अवस्थामा निधन भएको थियो। मृतक चौधरीलाई कम्पनीमा कार्यरत कामदारहरूले सकेको आर्थिक सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको हो। ४० वर्षीय ...