मुख्य समाचार
इलामका १० नेपाली सिक्किममा बेपत्ता
इलामका १० नेपाली सिक्किममा बेपत्ता

: इलामबाट गएका १० जना नेपाली भारतमा बेपत्ता भएका बताइएको छ। इलाम नगरपालिका–९ का नेपालीहरु गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका प्रारम्भिक जानकारी आएको राससमा उल्लेख छ। काम गर्न गएका उनीहरु असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएका हुन सक्ने स्थानीयको भनाइ छ।


स्थानीय विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएका हुन्। सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारको आग्रह छ। बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलथायतका रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।

कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई यसअघि नै जानकारीमा आएको भए पनि बस्नेतलगायत अन्यको विषयमा थाहा नभएको उनको भनाइ छ। दुई जनाको विषयमा बेपत्ता भएको जानकारीमा आएको र अन्यको विषयमा पछिल्लो समयमात्र जानकारी प्राप्त भएको उनले बताए। सिक्किमका मिडियामा खबर गरिसकेको प्रजिअ पोखरेलले बताए। बाढीका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसकेको बताइएको छ।

नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारीले त्यहाँका सुरक्षाकर्मीसँग कुराकानी भइरहेको जानकारी दिए। उद्धारमा भारतीय पक्षसमेत लागेको जानकारी आएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका विभिन्न कारणले मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको छ। साउदीस्थित नेपाली दूतावासका अनुसार गत साउनदेखि चैत १० सम्म मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको हो। नौ महिनाभित्र विभिन्न कारणले मृत्यु भएका १ सय ३६ नेपालीको शवमध्ये १२१ वटा नेपाल पठाइएको छ। ...
: अपराधमा संलग्न एक नेपालीलाई अष्ट्रेलियाले निष्कासन गरेको छ। घरेलु हिंसामा संलग्न ती नेपालीलाई अष्ट्रेलियाको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थापालाई गत साता नेपाल फर्काइएको हो। उनलाई थाइ एयरको जहाजबाट काठमाडौं नेपाल फर्काइएको हो। 'घरेलु हिंसामा मुछिएका थापालाई त्यहाँको प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। आवश्यक ...
: वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाले नेपालीमाथि ठूलो धरपकड गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेर बसिरहेका नेपालीमाथि मलेसिया सरकारले धरपकड गरेको हो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाको अध्यागमनले एकैपटक २६ जना नेपालीलाई निष्कासन गरेको छ। गत साता उनीहरूलाई मालिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो। निष्कासनमा पर्नेमा सरदार, साह, राउत, श्रेष्ठ, कार्की, विक, सुडी, सहनी, बटार, राई, ...
: अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका प्रवेश गरेका ती नेपालीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा विष्ट, तामाङ र होली थरीका एक-एक जना रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई एयर इन्डियाको जहाजबाट यसै साता नेपाल फर्काइएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिअन्तर्गत पछिल्लो समय अमेरिकाले अवैध आप्रवासीहरूलाई धमाधम पक्राउ गरी निष्कासन गर्न ...
: वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया ज्यान गुमाएका रौतहट भवानीपुरका बिनोद चौधरीको परिवारलाई ४ लाख २५ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरिएको छ। मृतक चौधरी अरबको दमाममा गत मार्च ७ तारिखका दिन आफ्नै क्याम्पमा सुतिरहेको अवस्थामा निधन भएको थियो। मृतक चौधरीलाई कम्पनीमा कार्यरत कामदारहरूले सकेको आर्थिक सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको हो। ४० वर्षीय ...