इजरायल र हमासबीच जारी द्वन्द्वमा हालसम्म १८ थाई नागरिकको मृत्यु भएको थाइल्याण्डको विदेश मन्त्रालयले जानकारी दिएको हो।
अन्य ११ जनाको अपहरण भएको जनाएको छ। यस द्वन्द्वमा इजरायलमा रहेका १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको छ।
उक्त द्वन्द्वमा भारतसँगै अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, क्यानडालगायत पश्चिमी मुलुकले इजरायललाई साथ दिएका छन्। अमेरिकाले मध्यपूर्व सागरमा युद्धपोत पठाएको छ।
रुस र चीनले हिंसाको निन्दा गर्दै प्यालेस्टाइनको स्वतन्त्रताको वकालत पनि गरेका छन्। बीबीसी