मुख्य समाचार
टोरन्टोमा नेपथ्य
टोरन्टोमा नेपथ्य

— सांगीतिक ब्यान्ड नेपथ्यले टोरन्टोस्थित ‘मेस्सी हल’ मा कार्यक्रम गर्दै आफ्नो क्यानडा यात्रा टुंगाएको छ । पहिलो पटक क्यानडामा पाइला टेकेको ब्यान्डले सुरुमा क्यालगरी त्यसपछि भ्यानकुभर हुँदै अन्त्यमा टोरन्टोमा कार्यक्रम गरेको हो । टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्नका लागि छिमेकी मुलुक अमेरिकाबाट पनि उल्लेख्य संख्यामा दर्शक जम्मा भएका थिए ।

ब्यान्डले पहिलो प्रस्तुतिका रूपमा ‘कोशीको पानी यो जिन्दगानी’ गाएको थियो । त्यसपछि लगातार नयाँ र पुराना गीतहरू एकपछि अर्को प्रस्तुत हुँदै गए । ‘यति महत्त्वपूर्ण हलमा उस्तै महत्त्वपूर्ण तवरले नेपथ्य प्रस्तुत भइदियो,’ टोरन्टोका मिङमा नोर्गे शेर्पाले भने, ‘दर्शकका रूपमा उपस्थित हुँदा पनि त्यो एउटा नेपालीले गर्व गर्ने क्षण बनिदियो ।’ मिङमाका अनुसार प्रस्तुतिदेखि लिएर सहभागितासम्मका हिसाबले यस्तो भव्य अनुभूति यसअघि भएको थिएन ।

कन्सर्टमा गायक अमृत गुरुङलाई सदाझैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...
। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’ उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार ...