मुख्य समाचार
आर्सनलको सिटीमाथि आठ वर्षयताको पहिलो जित
आर्सनलको सिटीमाथि आठ वर्षयताको पहिलो जित

आर्सनलले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई हराउन आठ वर्षको प्रतीक्षामा आइतबार पूर्णविराम लगाएको छ ।

ग्याब्रिएल मार्टिनेलीले खेलको अन्त्यतिर गरेको कडा प्रहार गोलमा परिणत भएपछि डिफेन्डिङ च्याम्पियन सिटी १–० ले पराजित भएको हो । जितसँगै इमिरेट्समा खुसीयाली छाएको थियो ।

सिटीको व्यवस्थापकमा पेप ग्वार्डिओला आएयता आर्सनल लिगका पछिल्ला १२ खेलमा पराजित रहेको थियो । यो जितपछि आर्सनलको आठ खेलबाट २० अंक भएको छ र यो शीर्ष स्थानमा रहेको टोटनहमसँग बराबरीको स्थिति हो । सिटी भने १८ अंकमा तेस्रोमा छ । लिभरपुल १७ अंकमा चौथो स्थानमा छ ।

लिभरपुल आइतबारको अर्को खेलमा ब्राइटनसँग २–२ को बराबरीमा रोकियो भने वेस्ट ह्याम र न्युकासल युनाइटेडले पनि समान २–२ को बराबरी खेले । यस्तै, उल्भ्स र एस्टन भिल्लाबीचको खेल १–१ को बराबरीमा छुट्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एएफसी च्याम्पियन्स लिग इलाइटअन्तर्गत गएराति भएको खेलमा साउदी क्लब अल नासरले सहज जित निकालेको छ । अल नासरले कतारी क्लब अल घराफालाई ३-१ गोल अन्तरले हराएको हो । अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने एन्जेलो गाब्रियलले १ गोल गरे । घराफाका जोसेलुले गरेको गोल सान्त्वना बन्यो । खेलको पहिलो हाफ गोलरहित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम सुदूरपश्चिम रोएल्सका मेन्टर अष्ट्रेलियाका ब्राड हज नेपाल आइपुगेका छन् । सन् २००७ मा अष्ट्रेलियाबाट वानडे वर्ल्ड कप जितेका हजलाई सोमबार सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरे । हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलिसकेका छन् । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोएल्सको मुख्य प्रशिक्षकमा ...
। अस्ट्रेलियासँगको बोर्डर गाभस्कर ट्रफी अन्तर्गत पहिलो टेस्टमा भारतले शानदार जित निकालेको छ । भारतले अस्ट्रेलियालाई २९५ रनले हराएको हो । भारतले प्रस्तुत गरेको ५३४ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलिया चौथो दिनको खेलमा २३८ रनमा अलआउट भयो । यसअघि पहिलो इनिङमा अस्ट्रेलिया १०४ रनमा अलआउट भएको थियो । भारत पनि पहिलो इनिङमा १५० रनमा समेटिएकामा दोस्रो इनिङमा ...
। मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । क्यानले मंगलबार र एक कार्यक्रमबीच नेपाली यू-१९ टोलीको विदाइ गरेको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो । कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले भने, ‘छोटो समयको तयारीका ...
। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ । क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ । त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको टिकट मूल्य ३०० ...