— सन् १९८० मा काठमाडौंको ज्याथा टोलबाट चोरिएको गुणाकर महाविहार (छुस्या बहाल) मा रहेको १६औं शताब्दीमा टुँडालमा कुँदिएको देवीको दुईवटा प्रतिमा नेदरल्यान्ड्सको एम्स्टर्डमस्थित क्रिस्टिज अक्सनमा पाइएको छ ।
काठको उक्त मूर्ति ज्याथा टोलमा रहेको बौद्ध धर्मावलम्बीहरूको विहार छुस्या बहालमा रहेका १ सय ७१ सेन्टिमिटर उचाईका ती प्रतिमा सन् २००४ अक्टोबर १२ मा उक्त अक्सनमा राखिएको थियो ।
यसअघि यही विहारमा रहेको गणेशको प्रतिमा अमेरिकास्थित छानादु ग्यालरीमा पाइएको थियो । यससागै सन् २०२२ मे १३ मा यही विहारमा टाागिएका चारवटा टुाडाल फ्रान्सको पेरिसस्थित कोर्नेट डे सेन्ट–सिरमा पाइएको थियो ।