मुख्य समाचार
उद्धारको पर्खाइमा इजरायलका नेपाली
उद्धारको पर्खाइमा इजरायलका नेपाली

— इजरायलमा रहेका नेपालीहरूले आफूहरू उद्धारको पर्खाइमा रहेको बताएका छन् । गैरआवासीय नेपाली संघका पदाधिकारीहरूले सम्पर्क गरेर उद्धारका पहल भइरहेकाले जानकारी दिएकाले आफूहरू प्रतीक्षामा रहेको विद्यार्थी नारायण भुसालले जानकारी दिए ।

‘हामी अब तेल अभिभ जाँदै छौं‚’ इजरायलबाट भर्खरै कान्तिपुरसँग कुरा गर्दै नेपाली विद्यार्थी भुसालले भने, ‘एनआरएनएका दाइहरूले तयारी अवस्थामा बस्नुस् भन्नुभएको छ, कतै सुरक्षित ठाउँमा लैजाने आशा छ ।’

कामका लागि नेपालबाट गएको ४९ जना युवाको समूहमध्येका एक भुसालका अनुसार अहिले उद्धारको पर्खाइमा उनीलगायत ११ नेपाली एक ठाँउमा जम्मा भएका छन् ।

हमासको आक्रमण हुँदा आफूहरु रातभर बंकरमा बसेर ज्यान जोगाएको उनले बताए ।

‘दुई दिनसम्म चाउचाउ र चिउरा खाएर बसियो, खानाचाहिँ अझै पाएको छैन,’ भुसालले भने, ‘हामी मसरुम फार्ममा काम गर्दै थिइन्, उता किबुज फार्ममा आक्रमण भयो ।’

इजरायलमा अहिले पनि हमासको आक्रमण जारी रहेको भुसालले बताए ।

‘हामी एघार जनाचाहिँ अहिले खतरा मुक्त अवस्थामा छौं‚’ उनले भने, ‘अन्य क्षेत्रमा चाहिँ आक्रमण अहिले पनि भइरहेको छ ।’ आक्रमणमा मारिएका १० नेपालीहरू आफूसँगै आएका साथी भएको भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मलेसियाले एकैदिन २६ जना नेपालीलाई निष्कासन गरेको छ। मलेसियाको कानुन उल्लंघन गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो। अध्यागमन कार्यालय स्रोतका अनुसार उनीहरू बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्। बटिक एयरलायन्सको विमानबाट उनीहरू काठमाडौं आइपुगेका हुन्। केही महिनाअघि श्रम गरेर मलेसिया पुगेका उनीहरूलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको थियो। श्रम सम्झौताविपरीत अर्कै कम्पनीमा काम गरेको भेटिएपछि त्यहाँको अध्यागमनले ...
: क्यानडाले दुई जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो। निष्कासनमा पर्नेहरूमा कौशिला भुर्तेल र हिमलाल भुर्तेल रहेका छन्। एयर इन्डियाको विमानबाट मंगलबार उनीहरू काठमाडौं आइपुगेका हुन्। पछिल्लो समय अध्यागमन कानुन उल्लंघन गरी निष्कासनमा पर्ने नेपालीको संख्या बढिरहेको छ। केही दिनअघि अमेरिकाले पनि दुई जना नेपालीलाई निष्कासन गरेको थियो।
— अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ । कमाउनका लागि ११ महिनाअघि अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेश केसी र पढाइका लागि छात्रवृत्ति पाएर अमेरिका पुगेका बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको हो । उनीहरूसँगै कारमा सवार अर्का एक युवक घाइते छन् । उनको भने ...
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। दक्षिण कोरियाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल 'डीपोर्ट' गरिएको स्रोतले बताएको छ। स्रोतका अनुसार निष्काशन गरिनेहरूमा लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ रहेका छन्। उनीहरूलाई शुक्रबार र शनिबार गरी नेपाल फिर्ता पठाइएको ...
: उत्तर अमेरिकी देश कोस्टारिकाले ८ जना नेपालीको भिसा रद्द गरिदिएको छ। भिसा रद्द गरिदिएपछि कोस्टारिका पुगेका उनीहरू शनिबार काठमाडौं फर्किएका छन्। फर्किनेहरूमा आशिष माझी, बुद्धिलाल माझी, चन्द्रबहादुर थापा मगर, गणेश बहादुर थापा मागर, आकाश जिसी, अशोक ढकाल, अम्बिरकुमार ढकाल र दिनेश प्रसाद अधिकारी रहेको स्रोतले जनाएको छ। दिनेश कतार एयरलायन्सको विमानबाट फर्किएका हुन् भने बाँकी ७ ...