विश्वकप क्रिकेट : कीर्तिमानी लक्ष्यमा पाकिस्तानी जित
विश्वकप क्रिकेट : कीर्तिमानी लक्ष्यमा पाकिस्तानी जित

— मोहम्मद रिजवान र अब्दुल्लाह सफिकले शतक बनाएपछि पाकिस्तानले विश्वकप क्रिकेटमा मंगलबार श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ ।

रिजवानले अविजित १ सय ३१ र सफिकले १ सय १३ रन बनाएपछि पाकिस्तानले ३ सय ४५ रनको कीर्तिमान विजय लक्ष्य १० बलअघि पूरा गरेको थियो ।

पाकिस्तानले विश्वकपमा सबैभन्दा ठूलो विजय लक्ष्य पछ्याउने कीर्तिमान बनाएको हो । आयरल्यान्डले भारतमै २०११ मै भएको विश्वकपमा यसअघि इंग्ल्यान्डविरुद्ध ३ सय २८ रनको विजय लक्ष्य पूरा गरेको थियो । अघिल्लो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको पाकिस्तानको यो लगातार दोस्रो जित हो । श्रीलंकाको भने यो लगातार दोस्रो हार हो ।

रिजवानले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाउनेक्रममा १ सय २१ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे । आफ्नो केवल पा“चौं एकदिवसीय खेल्दै गरेका सफिकले १ सय ३ बल खेली १० चौका र ३ छक्का प्रहार गरे । सफिकलाई फर्ममा नरहेका फाखर जमानको स्थानमा ल्याइएको थियो ।

श्रीलंकाबाट पनि यसअघि दुई शतक बनेको थियो । कुशल मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्का प्रहार गर्दै १ सय २२ र सदिरा समराविक्रमाले ८९ बलमा ११ चौका र २ छक्कासहित १ सय ८ रन बनाएपछि टस जितेको श्रीलंकाले ३४४–९ को स्कोर बनाएको थियो ।

धर्मशालामा दिनको अर्को खेलमा इंग्ल्यान्डले बंगलादेशलाई १ सय ३७ रनले हराएको थियो । पहिलो खेलमा न्युजिल्यान्डसँग ९ विकेटको लज्जास्पद हार बेहोरेको साविक विजेता इंग्ल्यान्ड विजय लयमा फर्किएको हो ।

डेबिड मालनले १ सय ७ बलमा १ सय ४०, जो रुटले ६८ बलमा ८२ र जोनी बेरिस्टोले ५२ रन बनाएपछि इंग्ल्यान्डले ९ विकेट गुमाई ३ सय ४ रन बनायो । लिट्टोन दासले ६६ बलमा ७६ र मुसफिकर रहिमले ५१ रन बनाए पनि बंगलादेश ४८.२ ओभरमा २ सय २७ रनमा अलआउट भयो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...