बनेपाका सहकारी अनुगमन : ७७ वटा संस्थाका न कार्यालय छन् न त बोर्ड
बनेपाका सहकारी अनुगमन : ७७ वटा संस्थाका न कार्यालय छन् न त बोर्ड

— बनेपा नगरपालिका भित्रका सहकारी संस्थामध्ये ७७ वटा दर्तामा देखिए पनि कार्यालय नै नराखेको पाइएको छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको आर्थिक अनियमितताको समस्यालाई मध्यनजर गर्दै सहकारी संस्थाको अनुगमनमा यस्तो पाइएको हो । अनुगमन टोलीले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै केही संस्थाले अनुगमन नै गर्न नदिएको जनाएको छ ।


बनेपा नगरपालिकाको आयोजना र जिल्ला सहकारी संघ काभ्रेको समन्वयमा १० जनाको विज्ञ समूह गठन गरेर अनुगमन गरिएको थियो । गत जेठ १७ देखि असोज १९ सम्म समूहले बनेपा नगर क्षेत्रभित्र रहेका सहकारीहरुको अनुगमन गरेको जनाएको छ ।

अनुगमन सम्पन्न भएसँगै समूहले मंगलबार नगरप्रमुख शान्ति रत्न शाक्यलाई प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रतिवेदन सार्वजिनक गर्दै विज्ञ समितिका सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक गुरु ढकालले नगरपालिकाको १४ वटै वडामा रहेका सहकारी संस्थाको अनुगमन गरिएको बताए ।

उनका अनुसार अनुगमनका क्रममा ७७ वटा सहकारी भेटिएनन् । १ सय २३ वटा सहकारी संस्था नगरमा रहेको पाइएको जानकारी उनले दिए । त्यस्तै, डिभिजन सहकारी कार्यालयले बनेपा नगरपालिकालाई २ सय २० वटा सहकारी संस्थामध्ये १४ वटा एकीकृत भएको र १९ वटा सहकारी प्रदेश अर्न्तगतका रहेको जनाएको छ । ६४ वटा सहकारीका न कार्यालय छ न त कतै बोर्ड पाइएको छ । ६ वटा सहकारीले नियामक निकायमा प्रतिवेदन बुझाएका छैनन् । ३ वटाले नगरपालिकाले खटाएको अनुगमन टोलीलाई अनुगमन गर्न नदिएको विज्ञ समितिका सदस्य ढकालले बताए ।

सदस्यहरुको बचतको संरक्षण गर्नुपर्छ, सहकारीहरुको सुदृढीकरण गर्नुपर्छ, कारोबार विश्वसनिय र पारदर्शी बनाउनुपर्छ भन्ने उद्देश्यले गरिएको अनुगमनले बनेपाका सहकारी क्षेत्रमा देखिएका समस्या समाधान हुने अपेक्षा राखिएको जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलीप शर्माले बताए । अनुगमन प्रतिवेदनबाट समस्यामा रहेको पहिचान भएका संस्थाहरुको सुदृढीकरण र वर्गीकरण गर्नुपर्ने देखिएको छ ।

सहकारीमा देखिएको विकृति हटाएर पारदर्शिता कायम गर्न अनुगमन गरी प्रतिवेदन सार्वजनिक गर्नेमा देशभरका ७ सय ५३ वटा पालिकामध्ये काभ्रेको बनेपा नगरपालिका पहिलो रहेको राष्ट्रिय सहकारी संघका सदस्य टेकप्रसाद चौलागाईंले बताए । 'अनुगमनको प्रतिवेदनलाई नगरपालिका र प्रदेश तथा संघका सहकारी संस्थाले पालना गर्न सके सहकारीमा देखिएका समस्या समाधान गर्न कोसे ढुंगा साबित हुने देखिन्छ,' उनले भने ।

संकटग्रस्त सहकारीले गर्दा बचतकर्ताहरुको निक्षेप जोखिममा रहेको प्रतिवेदनमा देखिएको बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा दाहालले बताइन् । 'यो अनुगमन सुरुवात हो, समस्या देखिएका सहकारीहरुको फेरि अनुगमन गर्नुपर्छ,' उनले भनिन्।

त्यस्तै, प्रतिवेदन हस्तान्तरण तथा सार्वजनिक गर्ने कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमले सहकारीको प्रभावकारी अनुगमन नहुँदा धेरै समस्या आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...