लाओस र नेपाल उस्तै टिम हुन्, जित्नेगरी खेल्छौँ : रोहित चन्द
लाओस र नेपाल उस्तै टिम हुन्, जित्नेगरी खेल्छौँ : रोहित चन्द

— फुटबल विश्वकप–२०२६ क्वालिफायर्स एसिया जोन राउन्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तीव्र पारेको छ । असोज २५ गते दशरथ रङ्गशालामा हुने लाओससँगको खेलका लागि तयारी तीव्र पारेको हो ।

फिफा वरीयतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले हाल २५ सदस्यीय नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहेका छन् । प्रशिक्षकले मंगलबार अभ्यासका क्रममा तयारी राम्रो रहेको बताए । उनले लाओससँग खेल्नका लागि आफूहरू सबै किसिमले तयार रहेको बताए ।

त्यस्तै खेलाडी रोहित चन्दले नेपाल र लाओस एकै स्तरको टिम भएकाले राम्रोसँग खेल्नुपर्ने बताए । उनले तयारी राम्रो भएको र नयाँ खेलाडीहरू भएकाले जोश जाँगर रहेको बताए । नयाँ खेलाडीलाई आफूहरूको अनुभव सिकाउने उनको भनाइ छ । उनले लाओससँगको म्याचमा फोकस र एक वर्ष व्यस्त हुने भएकाले लाओससँग जित्नेगरी खेल्ने बताए ।

नेपाल र लाओसबीचको खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ तीन सय र भीआईपी पाराफिटतर्फ पाँच सय कायम गरिएको छ । खेलको टिकट एन्फा आफैंले बिक्री गर्नेछ । सो प्रतियोगिताका लागि ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...