मुख्य समाचार
सिक्किम बाढीमा हराएका ५ नेपाली श्रमिकको खोजीका लागि पत्राचार
सिक्किम बाढीमा हराएका ५ नेपाली श्रमिकको खोजीका लागि पत्राचार

— सिक्किम बाढीमा हराएका इलामका केही श्रमिकमध्ये पाँच श्रमिक खोजीका लागि प्रशासनले पहल सुरु गरेको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सिक्किम पहिरोमा हराएकामध्ये पाँच जनाको मात्रै पहिचान भई खोजबिनका लागि सिक्किम सरकारसँग समन्वय भइरहेको जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार ४० वर्षीय सेनबहादुर कार्की, ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, ९ वर्षीया खुसी बस्नेत र २८ वर्षीय कुमार खड्का छन् । उनीहरु सबै इलाम ९ गोलखर्कका हुन् ।

एकै गाउँका उनीहरु केही समयअघि उत्तरी सिक्किमको लाचेन भन्ने ठाउँमा निर्माण श्रमिकका रुपमा गएका थिए । ‘१० जना बेपत्ता भएको भन्ने हल्लामात्रै हो’, प्रजिअ पोखरेलले भने, ‘५ जना हराएको जानकारी प्राप्त छ । त्यसमध्ये दुई जनाका परिवारमात्रै सम्पर्कमा आएका छन् ।’

प्रजिअ पोखरेलले नेपाली नागरिक खोजीका लागि भारतीय सीमा सुरक्षा बलमार्फत सिक्किम सरकारलाई नामावलीसहित पत्राचार गरिएको छ । एसएसबीले उद्धारका आश्वासन दिएको प्रजिअ पोखरेलले बताए ।

एक साताअघि हिमताल विस्फोटका कारण सिक्किममा ठूलो बाढी गएको थियो । त्यही बेलादेखि उनीहरु बेपत्ता भए पनि नेपालीहरु कार्यरत रहेको क्षेत्रमा बाढीले खासै क्षति नपुर्‍याएकाले उनीहरु कसरी बेपत्ता भए भन्नेबारे सिक्किम सरकारले खोजबिन गरिरहेको जनाइएको छ ।

असोज १७ गते बिहान साढे १ बजेतिर उत्तरी सिक्किमको ल्योनाक हिमताल विस्फोटपछि टिष्टामा आएको बाढीका कारण ५५ जनाको मृत्यु हुनुका साथै भारतीय सैनिकसहित १ सय ४१ जना बेपत्ता छन् । बाढीका कारण अर्बौं रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। दक्षिण कोरियाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल 'डीपोर्ट' गरिएको स्रोतले बताएको छ। स्रोतका अनुसार निष्काशन गरिनेहरूमा लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ रहेका छन्। उनीहरूलाई शुक्रबार र शनिबार गरी नेपाल फिर्ता पठाइएको ...
: उत्तर अमेरिकी देश कोस्टारिकाले ८ जना नेपालीको भिसा रद्द गरिदिएको छ। भिसा रद्द गरिदिएपछि कोस्टारिका पुगेका उनीहरू शनिबार काठमाडौं फर्किएका छन्। फर्किनेहरूमा आशिष माझी, बुद्धिलाल माझी, चन्द्रबहादुर थापा मगर, गणेश बहादुर थापा मागर, आकाश जिसी, अशोक ढकाल, अम्बिरकुमार ढकाल र दिनेश प्रसाद अधिकारी रहेको स्रोतले जनाएको छ। दिनेश कतार एयरलायन्सको विमानबाट फर्किएका हुन् भने बाँकी ७ ...
: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकी सरकारले दुई नेपालीलाई निष्काशन गरेको छ। स्रोतका अनुसार विनोद कार्की र उमा थापा कार्कीलाई अमेरिकी सरकारले निष्काशन गरेको हो। भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बसिरहेका विनोदलाई अमेरिकाले एयर इन्डियाको विमानबाट काठमाडौं फर्काएको हो। उमालाई भने क्याथे प्यासेफिकको विमानबाट फर्काइएको थियो। 'विनोद कार्कीले 'ओभर स्टे' गरेका कारण निष्काशन गरेको खुलाइए ...
— रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत (लेवर परमिट) बिना काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट (देश निकाला) गर्न आदेश दिएको छ । ती विद्यार्थीहरुलाई डिपोर्टेशन सेन्टरमा नेपाल पठाउन राखिएको छ । विद्यार्थी भिसामा रुस पुगेका ती विद्यार्थीहरुले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै डिपोर्ट गर्ने फैसला सुनाइएको हो । उनीहरुलाई गत कार्तिक ...
: मलेसियाले वैदेशिक रोजगारमा गएका १२ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको भन्दै मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो। अध्यागमन विभागका अनुसार उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन्। 'मलेसियाले डीपोर्ट गरेका उनीहरू बिहीबार काठमाडौं आइपुगेका छन्। अध्यागमन कानुन उल्लंघन गरेको भन्ने छ। तर, कुन कानुन भन्ने कुरा स्पष्ट खुलाइएको छैन,' अध्यागमन विभाग स्रोतले अन्नपूर्णसँग भने। निष्कासनमा ...