मुख्य समाचार
इजरायलमा हमास आक्रमण : १८ थाई र ११ अमेरिकी नागरिकको मृत्यु
इजरायलमा हमास आक्रमण : १८ थाई र ११ अमेरिकी नागरिकको मृत्यु

— इजरायलमा हमासको आक्रमणमा परी नेपालसहित २० भन्दा बढी मुलुकका नागरिकको मृत्यु वा हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको छ । सम्पर्कविहीन रहेको १ जना नेपाली विद्यार्थीको खोजी जारी छ ।

११ अमेरिकी नागरिकको मृत्यु, केही अपहरणमा परेको आशंका

अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार हमासको आक्रमणमा परी ११ अमेरिकी नागरिकको मृत्यु भएको छ । त्यस्तै केही अमेरिकी हमासको नियन्त्रणमा रहेको पनि अमेरिकाले आशंका व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले एक्समा लेखेका छन्, 'यस हप्ता हामीले इजरायलविरुद्ध भयावह आतंकवादी आक्रमण र सयौँ नागरिक हताहती भएको हिसाब दिइरहेका छौँ ।...दु:खको कुरा यो छ कि अहिलेसम्म ११ अमेरिकी नागरिक मारिएको हामीलाई जानकारी आएको छ ।'

१८ थाई नागरिकको मृत्यु, ११ कब्जामा

थाइल्यान्डका उपविदेशमन्त्री जाकापोङ साङमानीका अनुसार १८ जना थाई नागरिक हमासको आक्रमणमा मारिएका छन् । त्यस्तै ११ जना थाई नागरिक हमासको अपहरणमा परेको पनि थाई उपविदेशमन्त्री साङमानीले जानकारी दिएका छन् । इजरायलमा करिब ३० हजार थाई नागरिक कार्यरत छन् । ३ हजार थाई नागरिक स्वदेश फर्किन चाहेको थाई विदेश मन्त्रालयले जानकारी दिएको छ ।




त्यस्तै ७ जना अर्जेन्टिनी नागरिक मारिएको र १५ जनाभन्दा बढी हराइरहेको अर्जेन्टिनी विदेशमन्त्री सान्टिआगो क्याफिएरोले बताएका छन् । विदेशमन्त्री क्याफिएरोका अनुसार ६ सयभन्दा बढी अर्जेन्टिनी स्वदेश फर्कने भएका छन् । त्यस्तै फ्रान्सेली विदेश मन्त्रालयले आफ्ना २ जना आफ्ना नागरिक मारिएको र १४ जना हराइरहेको जनाएको छ ।

जर्मन विदेश मन्त्रालयका अनुसार केही जर्मन-इजरायली नागरिक हमासको कब्जामा परेका छन् । त्यस्तै १ जना बेलायती नागरिक मारिएको र १ जना हराइरहेको बेलायतका लागि इजरायली राजदूतले जानकारी दिएका छन् । त्यस्तै २ जना युक्रेनी महिला पनि हमासको आक्रमणमा मारिएको त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको छ । एक रसियाली नागरिक मारिएको र ४ जना हराइरहेको तेल अभिभस्थित रूसी दूतावासले जनाएको छ ।

त्यस्तै फिलिपिन्सको विदेश मन्त्रालयका अनुसार ७ जना नागरिक हराइरहेका छन् । फिलिपिनी विदेश मन्त्रालयका अनुसार इजरायलमा करिब ३० हजार फिलिपिनी कार्यरत छन् । तीमध्ये अधिकांश स्वास्थ्य सेवासँग सम्बन्धित उद्योगमा काम गर्दै आएका छन् ।

त्यस्तै हमासको आक्रमणमा परी एक क्यानडेली नागरिक मारिएका छन् भने ३ जना हराइरहेका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेतका अनुसार एक जना कम्बोडियाली विद्यार्थी हमासको आक्रमणमा मारिएका छन् ।

त्यसैगरी अस्ट्रिया र ब्राजिलका ३/३ जना, चिली, कोलम्बिया,इटाली, पाराग्वे, पेरु र तान्जानियाका २/२ जना नागरिक हराइरहेका छन् । त्यसैगरी आयरल्यान्ड र पनामाका १/१ नागरिक हराइरहेका छन् । हमासको आक्रमणमा परी इजरायलतर्फ ९ सयभन्दा बढीको मृत्यु भएको छ ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाको आक्रमणमा ६ सय ८०भन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका छन् । त्यस्तै गाजापट्टीमा ३ हजार ८ सयभन्दा बढी घाइते भएका छन् ।

संयुक्त राष्ट्र संघका अनुसार इजरायली जवाफी आक्रमणपछि १ लाख ८७ हजारभन्दा बढी प्यालेस्टिनी नागरिक विस्थापित भएका छन् । त्यस्तै इजरायली डिफेन्स फोर्स(आईडीएफ) ले इजरायलभित्र १ हजार ५ सयभन्दा बढी हमास आक्रमणकारीको शव भेटिएको दाबी गरेको छ । यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...