मुख्य समाचार
जर्मनीका चान्सलरको दललाई निर्वाचनमा धक्का
जर्मनीका चान्सलरको दललाई निर्वाचनमा धक्का

— जर्मनीका हेस्से र बाभेरियामा आइतबार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसियल युनियन (सीएसयू) विजयी भएका छन् । जर्मनीका हालका चान्सलर ओलाफ स्कोल्जको पार्टीसहितको वामपन्थी गठबन्धन भने पराजित भएको हो । यसको असर जर्मनीका अन्य स्थानमा हुने चुनावमा पनि पर्ने अनुमान गरिएको छ ।


जर्मनीका सम्पन्नशाली राज्यको चुनावमा मध्यमार्गी दक्षिणपन्थी दलहरूले पहिलो स्थान हासिल गरेका हुन् । आधिकारिक तथ्यांकअनुसार सीडीयूले हेस्से राज्यमा ३४.६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ भने सीएसयूले बाभेरियामा ३७ प्रतिशत मत प्राप्त गरेको छ ।

यसका साथै दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले एसपीडी, ग्रिन पार्टी र फ्रि डेमोर्क्याटिक पार्टीद्वारा सञ्चालित वर्तमान संघीय सरकारप्रति मतदाताहरूको असन्तोषका कारण ठूलो लाभ उठाएको छ । सन् २०१८ को विधानसभा चुनावको तुलनामा यी दुई राज्यमा सीडीयू र सीएसयूले राम्रो मत प्राप्त गरेका छन् । चान्सलर स्कोल्जको गठबन्धनले भने ती क्षेत्रमा १५ प्रतिशतको हाराहारीमा मात्र मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेल-वे स्टेसनमा शनिबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । विष्फोटमा परी ४० जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । पाकिस्तान प्रहरीका वरिष्ठ अधिकृत मुहम्मद बलोचले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरे । अफगानिस्तान र इरानको सिमानामा ...
— अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डका उपकमान्डर अशुआ एम. रुड नेपालमा भ्रमणमा आएका छन् । अमेरिकी दूतावासका अनुसार उनी शुक्रबार काठमाडौं आएका हुन् । उनी अमेरिकी सेनाको तीन–तारे लेफ्टिनेन्ट जनरल हुन् । उनी अर्को साता हुने २४९ औं यूएस मरिन र्कोप्स बल कार्यक्रममा अतिथिको रुपमा सहभागिता जनाउन आएको दूतावासले जनाएको छ । साथै, उनले भ्रमणको क्रममा नेपाल सरकारका अधिकारीहरु ...
। अफगानिस्तानमा तालिबान सरकारले प्रतिबन्ध लगाए पनि अफिमको खेती १९ प्रतिशतले वृद्धि भएको पाइएको छ । मादक पदार्थ एवम् अपराध सम्बन्धी संयुक्त राष्ट्रसंघको कार्यालय (यूएनओडीसी)को नयाँ रिपोर्ट अनुसार सन् २०२४ मा अफगानिस्तानमा अफिमको खेती १९ प्रतिशतले बढेको हो । सन् २०२३ मा अफगानिस्तानमा अफिमको खेतीमा ९५ प्रतिशतले गिरावट आएको थियो । यस वर्ष अफिमको खेती र उत्पादन ...
— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले एक कार्यक्रमका अवसरमा ट्रम्पलाई बधाई दिएका हुन् । रुसी समाचार संस्था तासका अनुसार बिहीबार भल्दाई इन्टरनेसनल डिस्कसन क्लबमा आयोजित एक कार्यक्रममा पुटिनले ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका हुन् । पुटिनको भनाइ उद्धृत गर्दै तासले ...
— अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत गरेका छन् । एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले अहिलेसम्म विश्वका करिब ७० जना नेताहरूसँग कुराकानी गरिसकेको उल्लेख गर्दै पुटिनसँग पनि वार्ताको सम्भावना रहेको बताएका हुन् । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग 'राम्रो संवाद' भएको बताएका छन् । त्यस्तै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ...