मुख्य समाचार
गाजा क्षेत्रमा नाकाबन्दी गर्ने इजरायलको घोषणा
गाजा क्षेत्रमा नाकाबन्दी गर्ने इजरायलको घोषणा

— इजरायलले प्यालेस्टाइनीहरूको बसोबास रहेको गाजा क्षेत्रमा पूर्ण नाकाबन्दीको घोषणा गरेको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले शनिबार इजरायलमा आक्रमण गरेपछि जवाफी कारबाहीस्वरूप इजरायलले गाजामा खाद्यान्न, इन्धन, विद्युत् तथा खानेपानी आपूर्ति बन्द गरेको जनाएको हो ।

हमासको आक्रमणको तेस्रो दिन सोमबार पनि दुवै पक्षले एकअर्काप्रति लक्षित गरेर मिसाइल आक्रमण जारी राखेका थिए । इजरायलले गाजा क्षेत्रमा मिसाइल आक्रमण गर्नुका साथै आसपास आफ्ना नागरिक रहेको क्षेत्रमा पुनः नियन्त्रण लिएको दाबी गरेको छ । शनिबारयता युद्धमा परी इजरायलमा ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ, जसमध्ये २६० जनाको एक सांगीतिक कार्यक्रमको क्रममा हमासका बन्दुकधारीको आक्रमणमा मृत्यु भएको थियो । यस्तै, दर्जनौं व्यक्ति अहिले पनि आफ्नो नियन्त्रणमा रहेको हमासले दाबी गरेको छ ।

इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा भने ५ सय जनाभन्दा बढीको मृत्यु भएको प्यालेस्टाइनका स्वास्थ्य अधिकारीले बताएका छन् । अमेरिकाले इजरायल–हमासको युद्धमा ९ जना अमेरिकीको मृत्यु भएको जनाएको छ । बेलायतले पनि आफ्ना १० जना नागरिकको मृत्यु भएको आशंका गरेको छ । इजरायलले लेबनान हुँदै प्रवेश गर्न लागेका सशस्त्र समूह मारिएको जनाएको छ । युरोपेली संघले दुई पक्षमा युद्ध सुरु भएपछि प्यालेस्टाइनलाई गर्दै आएको सहयोग रोकेको छ ।

इजरायल र हमासको युद्धको तेस्रो दिन अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि आह्वान र मध्यस्थताका लागि तत्परता देखाएका छन् । कतारका विदेश मन्त्रालयले इजरायल र हमासबीच मध्यस्थताका लागि प्रयास गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले शनिबार रातिदेखि नै वार्ता गरिरहेको समाचार संस्था रोयटर्सलाई बताएका छन् । ‘हाम्रो प्राथमिकता रक्तपातपूर्ण युद्ध अन्त्य गर्नु हो । यस्तै, कैदीबन्दीको रिहाइ र युद्धको असर क्षेत्रीय स्तरमा फैलिन नदिनु पनि हो,’ उनले भने ।

हमासले गाजा क्षेत्रमा बन्धक बनाएका इजरायलीहरूको स्पष्ट तथ्यांक छैन । तर उनीहरूले महिला, बालबालिका, वृद्धवृद्धा र सैनिकलाई समेत बन्धक बनाइएको अनुमान गरिएको छ । हमासका प्रवक्ता होसाम बदरानले हालकै अवस्थामा भने बन्धक बनाइएकाहरूको अदलाबदलीमा तयार नरहेको एएफपीलाई बताएका छन् । यस्तै, रुसका विदेशमन्त्री सर्गेई लाभरोभले दुवै पक्षलाई ‘दुई राज्य’ सम्बन्धी सम्झौतामा फर्किन आग्रह गर्दै यसले मात्र वर्तमान विवाद समाधान हुने बताएका छन् । गाजा क्षेत्रमा इजरायलको आक्रामकताको बारेमा छलफल गर्न अरब लिगका विदेशमन्त्रीहरूको बैठक बुधबार बस्ने भएको छ ।




हमासले आक्रमण गरेपछि इजरायलको सुरक्षा परिषद्ले औपचारिक रूपमा ‘युद्ध स्थिति’ को घोषणा गरिसकेको छ । यो घोषणापछि इजरायल सरकारलाई महत्त्वपूर्ण सैन्य गतिविधि गर्न अनुमति मिलेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रका स्थानीयलाई विस्थापित हुन चेतावनी दिँदै उक्त क्षेत्रलाई ‘निर्जन स्थल’ को रूपमा बदल्ने घोषणा गरेका छन् ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई ‘भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानी’ का रूपमा लिँदै आएको छ । यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रूप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २ हजार २५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १ हजार ४ सय ६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

पछिल्लो पटक २०२२ अगस्टमा इजरायली सेनाले प्यालेस्टाइनी विद्रोही अखडामा हवाई आक्रमणमा गर्दा ४४ जनाको मृत्यु भएको थियो । प्यालेस्टाइनी विद्रोही समूहले १ हजारभन्दा बढी रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको थियो । त्यसअघि सन् २०२१ मा रमदानकै महिना इजरायल–प्यालेस्टाइन द्वन्द्व चर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...