‘एक्स’ मा इजरायल-प्यालेस्टाइन युद्धबारे भ्रामक सूचना तत्काल रोक्न मस्कलाई ईयूको चेतावनी
‘एक्स’ मा इजरायल-प्यालेस्टाइन युद्धबारे भ्रामक सूचना तत्काल रोक्न मस्कलाई ईयूको चेतावनी

— युरोपेली संघ (ईयू) का आयुक्त थियरी ब्रेटनले एक्स (ट्वीटर) का मालिक इलन मस्कलाई पत्र लेख्दै सो सामाजिक सञ्जाल प्लाटफर्म युरोपमा अवैधानिक र मिथ्या सूचना फैलाउनका लागि प्रयोग भएको र त्यस्तो कार्य रोक्न गरिएको पहलबारे आगामी २४ घण्टाभित्र आफ्नो जवाफ पेस गर्न निर्देशन दिएका छन् ।

इजरायलमाथि भएको हमासको आक्रमण र त्यसपछिका घटनाक्रमबारे मिथ्या सूचना फैलाउन एक्सको प्रयोग भएको संकेत आफूले पाएको जानकारी गराउँदै ब्रेटनले युरोपमा अगस्टबाट लागू भएको डिजिटल सर्भिस एक्टअनुसार कन्टेन्ट मोडरेसन गर्न भएका प्रयासबारे जानकारी गराउन भनेका हुन् । 'प्रथमत: तपाईंको आफ्नै नीतिअनुसार कस्ता विषयवस्तु आफ्ना प्लाटफर्ममा सेयर हुन दिने र आफ्ना नीतिहरू कसरी इमानदारीपूर्वक लागू गराउने भन्ने विषयमा पारदर्शी र स्पष्ट हुन जरूरी छ,' पत्रमा भनिएको छ, 'त्यस्तै कुनै अवैधानिक विषयवस्तु सेयर भएको सूचना पाइसकेपछि त्यसलाई हटाउन वा नियमन गर्न पनि चुस्त, स्फूर्त र इमानदार हुनुपर्ने थियो । एक्समा सेयर भएका मिथ्या सूचनाका आधारमा सिर्जना हुने सार्वजनिक छलफल र सर्वसाधारणको सुरक्षामा पर्न जाने जोखिमबारे पनि आवश्यक नियमन र नियन्त्रणका उपायहरू अपनाउनुपर्ने थियो ।'

ब्रेटनले यस्ता समस्या रोक्न अपनाइएका पहलहरू प्रभावकारी भए/नभएको बारे यथाशीघ्र आफ्नो टिमलाई जानकारी गराउन आग्रह गरेका छन् । गत शनिबार इजरायलका विभिन्न भागमा हमासले गरेको आक्रमण र त्यसयता इजरायल-प्यालेस्टाइनबीच बढ्दो तनावको सेरोफेरोमा मस्कले स्वामित्व लिएयता खुकुलो बनाइएको एक्स (ट्वीटर)मा विभिन्न हिंसात्मक तस्बिर तथा भिडियोहरूसँगै तथ्यजाँचका क्रममा मिथ्या भेटिएका कतिपय कन्टेन्टहरू पनि छरपस्ट सेयर भएका छन् । उदहारणका लागि एक्समा हालैको द्वन्द्वको भन्दै भाइरल गराइएका कतिपय फुटेज र तस्बिरहरू इजिप्टमा गत महिना छायांकन भएका र भिडियो गेमका क्लिपहरूसमेत रहेका छन्‚ जसको अहिलेको द्वन्द्वसँगै कुनै सम्बन्ध छैन ।


अनलाइन प्रविधि म्यागेजिन वायर्डले मङ्गलबार प्रकाशित गरेको लेखमा पनि पछिल्लो द्वन्द्वको आसपास एक्स कसरी मिथ्या सूचनाको भूमरीमा फसेको छ भन्ने विश्लेषण गरिएको थियो । सामाजिक सञ्जाल एक्सले इजरायल-प्यालेस्टाइन द्वन्द्वको पहिलो दिनमै आफ्नो प्लाटफर्ममा सो विषयका झन्डै ५ करोड कन्टेन्ट सेयर भएको जानकारी दिएको थियो । मस्कले आफैं पनि सो द्वन्द्वबारे विवादास्पद पोस्ट गरेर पछि हटाएका थिए । मस्कले पछिल्लो अपडेटमा भेरिफाइड एकाउन्टलाई मात्रै रिप्लाई गर्न दिन आग्रह गरे पनि मिथ्या सूचना फैलाउन खुकुलो बनाइएका भेरिफाइड एकाउन्टहरूकै हात रहेको देखिएको समाचार संस्थाहरूको दाबी छ ।

'विभिन्न कारणले कुनै पनि संकटबारे सूचना प्रवाह गर्न यो मैले अनुभव गरेको सबैभन्दा कठिन समयमध्ये एक हो,' वायर्डसँगको कुराकानीमा अलाबामाका अनलाइन रिसर्चर जस्टिन पेडेनले भनेका छन्, 'लिंकलाई तस्बिरमा बदलिएको छ, संकटग्रस्त क्षेत्रबाट सही सूचना पठाउने पत्रकार र सञ्चार संस्थाहरू महङ्गो ब्लु टिकका अभावमा धेरै अडियन्ससम्म पुग्न सक्दैनन्, सोही समय प्लाटफर्मका प्रमुख आफैं घृणा फैलाउन उद्दत गुन्डाहरूलाई प्रवर्द्धन गर्नमा रमाएका छन् ।' विश्वमा हुने कुनै पनि संकट वा ठूला घटनालगत्तै त्यसको आसपासको बहसलाई आफू अनुकूल नियन्त्रण गर्ने हेतुले सामाजिक सञ्जाललगायत अनलाइन प्लाटफर्मको प्रयोग हुने क्रम बढ्दो भए पनि पछिल्लो इजरायल-प्यालेस्टाइन तनावयता मिथ्या सूचनाको प्रसार अभूतपूर्व गतिमा भएको प्रविधि विज्ञहरूको अनुभव छ ।

ईयूका आयुक्त ब्रेटनले यही सन्दर्भमा मस्कलाई युरोपेली संघका सम्बन्धित कानुनी निकायलाई तत्काल सम्पर्क गर्न र आफ्नो टिमसँगै ती निकायका चासो र चिन्ताका विषयलाई तत्काल सम्बोधन गर्न भनेका छन् । उनले आफूले दिएको समयसीमाभित्रै जवाफ दिन र सो जवाफलाई मस्कको प्लाटफर्मले युरोपेली डिजिटल कानुनको पालना गरे/नगरेको मूल्यांकन फाइलमा सामेल गरिने उल्लेख गर्दै सो सम्बन्धमा अनुसन्धान सुरू भएको र पालना नगरेको पाइए जरिवाना र सजाय हुने स्पष्ट पारेका छन् । सो पत्रको सम्बन्धमा यो समाचार तयार पार्दासम्म एक्स वा मस्कको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...