मुख्य समाचार
बेलायतमा पनि उडुसको हैरानी
बेलायतमा पनि उडुसको हैरानी

— फ्रान्सको राजधानी पेरिसमा उडुस र साङ्लाको बिगबिगीको अन्तर्राष्ट्रिय चर्चा भईरहेकै बेला अहिले त्यो हैरानी बेलायतमा पनि बढेको छ । अधिकारीहरुले पेरिसबाट बेलायत पुग्ने रेलका कारण उडुस फैलिएको सार्वजनिक गरेका छन् ।


बेलायत र फ्रान्सबीच युरोस्टार नामको उच्चगतिको रेल चल्ने गरेको छ । हरेक दिन दर्जनभन्दा बढी ती उच्चगतिका रेल पेरिस र लण्डनबीच आतेजाते गर्छन् । दोहोरो यात्राका क्रममा पेरिसका उडुसहरु त्यही उच्च गतिको रेलमा लण्डन पुगेको भनाई विशेषज्ञहरुको छ ।

पेरिसका मेट्रो, बस, रेल, अस्पत्तालहरुमा समेत उडुसको बिगबिगी चलेको व्यापक चर्चा भएपछि अन्तर्राष्ट्रिय रेल कम्पनीले आफ्ना रेलहरूमा उडुस र अन्य किराहरूको आक्रमण रोक्न द्रुत कारबाही गरिरहेको बताएको छ ।

एक आणविक जीववैज्ञानिक र उडुस निमूल पार्ने संस्था बेडबग्स लिमिटेडका संस्थापक डेभिड केनले पेरिसमा पाइने उडुसहरु लण्डनसम्म पत्ता लगाएको दाबी गरेपछि पेरिसका उडुस लण्डन पुगेको चर्चा चलेको हो ।

कीट नियन्त्रण विशेषज्ञ केनले भनेका छन्- 'एउटा व्यक्तिले आफ्नो लन्डनको घरको ओछ्यानहरूमा उडुस परेको रिपोर्ट गरेको थियो । त्यो व्यक्ति एक हप्ता अघि यूरोस्टार रेल चढेर लण्डन आएको थियो ।'




कतिपय मानिसहरु लण्डनबाट पेरिस दिनभरिका लागि जाने, घुम्ने र एकरातपनि नबिताइ लण्डन फर्किने र तिनले उडुस ल्याउने गरेको उनले बेलायतको द इन्डिपेन्डेन्ट अखबारलाई बताएका छन् ।

रेलबाट उडुसहरु बेलायत पुगेको चर्चा चल्नासाथ युरोस्टारले आफ्ना रेलहरुमा सफाई तीब्र पारेको बताएको छ ।

आफ्नो यात्राका क्रममा उडुसबाट बच्न सुनिश्चित हुनकालागि यात्रुले कीटनाशक औषधी र रेलको सिट र अन्य फर्निचर सफा गर्न तातोपानी रेलमा माग्नसक्ने विकल्प दिएको पनि युरोस्टारले जनाएको छ ।

यसैबीच पेरिससितै जोडिएको सँ सेन्ट डेनिस क्षेत्रमा गत एक दशकदेखि उडुस र साङ्लाको बिगबिगी भएपनि सम्बन्धित अधिकारीहरुले हालसम्म बेवास्ता गरेको आरोप लगाइएको छ ।

सँ सेन्ट डेनिस नगरपालिकाका बासिन्दाहरुले एक दशकसम्म बेवास्ता गरेर अहिले सन् २०२४ को ओलम्पिक खेललाई मध्यनजर गर्दै उडुस साङ्लाका बारेमा जानकारी नपाएको र अकस्मात देखापरे झैं गरेर ढाँटेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द ...
— अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको ...
: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्। गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका ...
— हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो । सजाय पाउनेमा बेनी ताई र जोशुआ वङसहित ४५ जना लोकतन्त्र पक्षधर छन् । उनीहरू 'हङकङ-४७' समूहसँग आवद्ध छन् । अदालतले ताईलाई १० वर्ष र वोङलाई ...
— अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् । लामो समयदेखि सोही आयोग र अन्य निकायमा रहेर उनले ट्रम्पका सञ्चार र प्रविधि नीतिको चर्को वकालत गर्दै आएका थिए । कारको नियुक्तिले नवनिर्वाचित राष्ट्रपतिका अर्का ...