मुख्य समाचार
नवजात शिशु विक्री आरोपमा डाक्टरसहित तीन जना कारागार चलान
नवजात शिशु विक्री आरोपमा डाक्टरसहित तीन जना कारागार चलान

विराटनगर । नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका डा. तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालशले डाक्टर कर्णसहित कटहरी ४ का सूर्यनारायण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । राई विक्री भएको नवजात शिशुको बुबा र राजवंशी डाक्टर कर्णबाट बच्चा खरिद गरेका व्यक्ति हुन् ।

नवजात शिशु बेपत्ता पारेको आरोपमा ६ जना विरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसूरमा मुद्दा दायर भएको थियो । तीन जना धरौटीमा छुटेका छन् ।

मोरङ कटहरी गाउँपालिका – २ आदर्श टोलकी ३३ वर्षीय सुधा भन्ने सुक्री राजवंशी २ लाख धरौटीमा छुटेकी छन् । सिरहाको कल्याणपुर नगरपालिका – १२ की ३८ वर्षीय नर्स निर्मला यादव १ लाख र सूर्यनारायणकी आमा ४७ वर्षीय दिलमनीदेवी राजवंशी १० हजार धरौटीमा छुटेको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार ६ जना प्रतिवादी विरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको थियो । प्रहरीले बच्चा बिक्री प्रकरणमा अस्पतालका अध्यक्ष कृष्ण खवासलाई मतियारमा मुद्दा चलाउने राय दिएको थियो । तर सरकारी वकिलको कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।

भोजपुरका २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीय प्रेमिकाको सम्बन्धबाट १४ असारमा ग्रिनक्रस अस्पतालमा शिशु जन्मिएकी थिइन् । शिशुलाई बुबाले लैजान नचाहेपछि डाक्टर कर्णाले सुक्री मार्फत ग्राहक खोजेर बिक्री गरेका थिए ।

बुबाले स्वीकार गर्न नमानेपछि ग्रिनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा.कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेका थिए ।

बच्चा खरिद गर्ने राजवंशीसँग पाँच लाख रुपैयाँ लिएका डाक्टर कर्णले बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएका थिए ।

युवतीले ‘नर्मल डेलिभरी’मार्फत ग्रीनक्रस अस्पतालमा असार १४ गते नवजात शिशु (छोरी) जन्माएकी थिइन् । बच्चाकी आमाले ३२ साउनमा मोरङ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

अनुसन्धानबाट डा. तपेश्वरले निसन्तान दम्पतीलाई ५ लाख रूपैयाँ शिशु बिक्री गरेको पत्ता लागेको थियो । गायव पारिएको ५४ दिनपछि प्रहरीले शिशुलाई मोरङको कटहरी–२ आदर्श टोलबाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन् । केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ । बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना ...
। सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ । क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको काठमाडौं मेडिकल कलेजकी मेडिकल डाइरेक्टर डा. मीना थापाले जानकारी दिइन् । ‘उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख छ । हिजो एमआरआई गर्दा खासै जटिलता नदेखिएपछि आईसीयूबाट सारेका छौं,’ डा. थापाले ...
। विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ । उनका अनुसार चार वटा शव बढी जलेकाले डेन्टल एक्जामिनेसनमार्फत परीक्षण भइरहेको छ । ‘आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्कोको विवरणलाई हेरेर १४ वटा ...
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका छन्। सौर्य एयरलायन्सको विमान दुर्घटनाबाट ज्यान गुमाएकाहरूको पोष्टमार्टमबारे जानकारी लिन उनी शिक्षण अस्पताल पुगेका हुन्। मन्त्री पाण्डेलाई अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल कुमार चौधरीले ब्रिफिङ गरेका थिए। मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने अस्पतालको तयारी छ। कतिपय शवहरू जलेर ...
। ढलमा पोलियो भाइरस भेटिएपछि सरकारले साउन ९ देखि १२ गतेसम्म काठमाडौं उपत्यकाका बालबालिकालाई पोलियो खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति निकाल्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने जानकारी दिएको हो । गत असार २९ मा टुकुचा–बागमती आसपासका ढलमा पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको टुकुचा–बागमती ...