। विश्वकप क्रिकेटमा कप्तान रोहित शर्माको कीर्तिमान प्रदर्शनमा भारतले अफगानिस्तानमाथि सानदार जित हात पारेको छ ।
दिल्लीमा जितका लागि पाएको २७३ रनको लक्ष्य घरेलु टोली भारतले खेल सकिन १५ ओभर बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो ।
भारतलाई ८ विकेटले जिताउने क्रममा कप्तान शर्माले विश्वकप क्रिकेटमा सबभन्दा धेरै शतकको रेकर्ड बनाए । उनले ६३ बलमा १०० रन पूरा गरेका उनी १३१ रन बनाएर आउट भयो ।
यो रोहितको एकदिवसीय क्रिकेटमा ३१औं र विश्वकप क्रिकेटमा सातौं शतक हो । यससँगै उनले विश्वकपमा सचिन तेन्दुलकरको रेकर्डलाई तोडे । भारतका सचिनले विश्वकपमा ६ शतक बनाएका थिए ।
यस्तै अफगानिस्तानविरुद्धको खेलमा विराट कोहली ५५ रनमा नट आउट रहे । ओपनर इशान किसन ४७ रनमा आउट भए ।
यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । उसका लागि हसमतुल्लाह शाहिदीले ८० र अजमातुल्लाह ओमरजाईले ६२ रन बनाए ।