। भारतका रोहित शर्माले विश्वकप क्रिकेटमा सबभन्दा धेरै शतकको रेकर्ड बनाएका छन् । बुधबार अफगानिस्तानविरुद्ध शतक बनाएसँगै उनले यो रेकर्ड बनाएका हुन् । उनले ६३ बलमा १०० रन पुरा गरेका हुन् ।
यो एकदिवसीय क्रिकेटमा ३१औं र विश्वकप क्रिकेटमा सातौं शतक हो । यससँगै उनले विश्वकपमा सचिन तेन्दुलकरको रेकर्डलाई तोडे । भारतका सचिनले विश्वकपमा ६ शतक बनाएका थिए ।
रोहितले थप दुई रेकर्ड बनाएका छन् । उनले एकदिवसीय विश्वकपमा सबभन्दा कम (१९) पारीमा हजार रन बनाउने रेकर्डलाई पनि भेट्टाएका छन् ।
भारतविरुद्धको खेलमा अष्ट्रेलियाका डेभिड वार्नरले १९ पारीमै हजार रनको रेकर्ड बनाएका थिए ।
रोहित एकदिवसीय क्रिकेटमा सबभन्दा धेरै छक्का हान्ने ब्याट्सम्यान समेत बनेका छन् । उनले क्रिस गेलको ५५३ छक्काको रेकर्डलाई उछिनेका हुन् ।