काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियन्स गेम्समा पदक जितेका नेपाली खेलाडीहरुसँग भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा करोतमा रजत पदक जितेकी एरिका गुरुङ र काश्य पदक जितेका महिला कबड्डी टिमका सदस्यहरु उपस्थित थिए ।
भेटमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायत पनि उपस्थित थिए ।
प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई बधाइ दिँदै आगामी बजेटमा खेल क्षेत्रलाई विशेष बजेट व्यवस्था गर्ने बताए ।
साथै उनले खेलाडीहरुको प्रोत्साहनका लागि दिने भनेको पुरस्कार रकमबारे समेत बुधबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी दिए ।