कस्तो पर्ला प्रविधि क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्धको प्रभाव ?
कस्तो पर्ला प्रविधि क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्धको प्रभाव ?

प्यालेस्टाइनको चरमपन्थी हमासले शनिबार गरेको आश्चर्यजनक तथा घातक आक्रमण पश्चात् जवाफमा इजरायलले युद्धको घोषणा गरेको छ र इजरायली सेना गाँजापट्टीमा पूर्णस्तरको हमलातर्फ अघि बढ्ने देखिएको छ।

शनिबार प्यालेस्टाइनी विद्रोही संगठन हमासले ९०० भन्दा धेरैको मृत्यु, सयौं घाइते तथा एक सयभन्दा धेरै इजरायलीलाई अपहरण गर्ने गरी गरेको आक्रमण इजरायलको इतिहासमै घातक मध्येको आक्रमण हो ।

विश्लेषक तथा लगानीकर्ताहरुका अनुसार यो घटनाले इजरायलमा सञ्चालित प्रविधि कम्पनीहरुले अवरोधको सामना गर्नुपर्ने सम्भावनाका बीच सुरक्षामा बढोत्तरी हुनसक्छ ।

पछिल्ला दशकहरुमा अत्याधुनिक प्रविधि उद्योगहरु इजरायलमा सर्बाधिक वृद्धि हासिल गरिरहेको क्षेत्रको रुपमा स्थापित भैरहेका छन् र यो क्षेत्र त्यहाँको आर्थिक वृद्धिमा समेत निकै महत्वपूर्ण रहेको छ ।

इजरायलमा कुल रोजगारीको १४ प्रतिशत हिस्सा यही क्षेत्रले ओगटेको छ जुन देशको कुल गार्हस्थ्य उत्पादनको करिब २० प्रतिशत हो ।

व्यवसायमा व्यापक व्यवधान

क्रेस्सेन्ट वेल्थ एडभाइजर्स कम्पनीका प्रमुख लगानी अधिकृत तथा संस्थापक साझेदार समेत रहेका ज्याक अल्बिनका अनुसार पछिल्लो घटना व्यवसायिक जगतका लागि ठूलो व्यवधान हो । यसबाट अल्पकालीन रुपमा स्रोतसाधन तथा लागनी अन्यत्रै मोडिन सक्छ ।

उनका अनुसार द्वन्द्व विस्तार हुँदै गएमा तत्कालका लागि स्रोतसाधन अन्यत्रै मोडिन सक्दछ । प्रविधि कम्पनीमा कार्यरत कर्मचारीहरुलाई समेत रिजर्भ सैन्य जनशक्तिका रुपमा बोलाउन थालिएको छ । रिजर्भ सैन्यशक्तिका रुपमा ३ लाख जनशक्तिलाई बोलाउने अभूतपूर्व घोषणा इजरायलले गरिसकेको छ र यस्ता जनशक्ति मध्ये अधिकांश अमेरिकी प्रविधि कम्पनीमा कार्यरत छन् ।

न्युयोर्क तथा तेल अबिबमा मुख्यालय रहेको अनलाइन खतराका विषयमा काम गर्ने एक्टिभ फेन्स कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत नोम स्वार्ज भन्छन्, ‘यस्तो परिस्थिति निकट भविष्यमै आउने सक्ने हुनाले हामीले तयारी गरिरहेका छौं ।’

उनको कम्पनीले द्वन्द्वका समयमा पनि ग्राहक सेवालाई निरन्तरता दिइरहनेछ तथापि आफू भने सैन्य ड्युटीका लागि इजरायल फर्किनु पर्नसक्ने उनको अपेक्षा छ ।

कम्पनीको सेवा प्रवाहका लागि विश्वभर नै पर्याप्त जनशक्ति रहेको उनी बताउँछन् ।

चिप निर्माता कम्पनी इन्टेलका प्रवक्ताले इजरायलको अवस्थाका विषयमा नजिकबाट अनुगमन भैरहेको र आफ्ना कामदारहरुको सहयोग तथा सुरक्षाका लागि कदम चाल्न लागेको बताएका छन् ।

इन्टेल कम्पनी इजरायलको सबैभन्दा ठूलो निजी रोजगारीदाता तथा निर्यातकर्ता पनि हो । पछिल्लो युद्धले इजरायलमा चिपको उत्पादनमा असर परे नपरेको विषयमा भने उनले केहीपनि बताएनन् ।

इन्टेल कम्पनी इजरायलमा आफ्नो उत्पादन केन्द्र खोल्ने पहिलो ठूलो प्रविधि कम्पनी हो । गाजापट्टी भन्दा ४२ किलोमिटर टाढा रहेको क्रियाट गाट सहरमा इन्टेलले नयाँ कारखाना स्थापना गर्न २५ अर्ब डलर खर्च गर्ने योजना बनाइरहेको जानकारी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गत जुलाईमा दिएका थिए । उनका अनुसार इन्टेलको उक्त प्रस्तावित योजना इजरायलमा हुने अहिलेसम्मकै ठूलो वैदेशिक लगानी हुनेछ ।

त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्स तथा कम्प्युटर ग्राफिक्समा प्रयोग हुने चिप्सको उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी एनभिडियाले अर्को हप्ता तेल अबिबमा तय गरेको आर्टिफिसियल इन्टेलिजेन्स शिखर सम्मेलन रद्द गरेको छ । उक्त सम्मेलनमा कम्पनीका सिइओ जेन्सेन हुआंग पनि बोल्ने कार्यक्रम थियो ।

उता एनालग तथा मिश्रित सिग्नल सेमिकन्डक्टर उत्पादन गर्ने इजरायली कम्पनी टावर सेमिकन्डक्टरले भने कम्पनी यसअघि जस्तै सामान्य रुपमै सञ्चालन भैरहेको जनाएको छ ।

इजरायलमा आइबिएम, एप्पल, माइक्रोसफ्ट, गुगल तथा फेसबुक लगायतका कम्पनीका कार्यालयहरु पनि छन् ।

सन् १९७४ मा पहिलोपटक इन्टेल कम्पनीले इजरायलमा आफ्नो उपस्थिति जनाएसँगै इजरायलमा प्रविधि क्षेत्रको आगमन सुरु भएको हो ।

सन् १९९० को दशकमा स्टार्टअपको दृश्यले फड्को मारेसँगै हजारौं कम्पनी तथा महत्वपूर्ण प्रविधि पर्यावरणको विकासमार्फत् इजरायल सिलिकन भ्याली पछिको विश्वकै दोस्रो ठूलो प्रविधि केन्द्र बन्न सफल भयो ।

अहिले इजरायलमा ५ सयभन्दा धेरै बहुराष्ट्रिय प्रविधि कम्पनी क्रियाशील छन् । त्यसमध्ये अधिकांशले इजरायली स्टार्टअप खरिद गरेसँगै इजरायलमा अनुसन्धान तथा विकास केन्द्र खडा गरेका छन् । यसमा इन्टेलदेखि आइबिएम, एप्पल, माइक्रोसफ्ट, गुगल तथा फेसबुक लगायतका कम्पनी छन् ।

भौतिक संरचनाको सुरक्षा

कतिपय प्रविधि कम्पनीको खर्चसँग सैन्य सम्बन्ध रहेको सन्दर्भमा इजरायलमा रहेका त्यस्ता कम्पनीका भौतिक संरचनामाथि हुनसक्ने आक्रमणबाट जोगाउन अथाह प्रयास हुने विश्लेषकहरु बताउँछन् ।

त्यस्तै प्रविधि उद्योगको निकट सम्बन्ध सैन्य खर्चसँग पनि भएको हुँदा इजरायलमा प्रविधि तथा एआईको क्षेत्रमा हुने लगानीमा दीर्घकालीन रुपमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

एलपिएल फाइनान्सियल्स कम्पनीका प्रमुख विश्व रणनीतिकार क्विन्सी क्रोस्बी भन्छन्, ‘यदि कुनैपनि देशले अनपेक्षित आक्रमणको सामना गर्नुपर्यो भने उसले हेर्ने पहिलो कुरा भनेको आफ्नो खुफिया प्रणालीमा रहेको प्रष्ट समस्याका अतिरिक्त सुरक्षा प्रणालीमा के अभाव छ भन्ने विषय नै हो । त्यसैले इजरायलले आर्टिफिसियल इन्टेलिजेन्समा सम्भवतः लगानी बढाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...