यू १९ अन्तर्राष्ट्रिय क्रिकेट देव दुई शतक बनाउने पहिलो खेलाडी
यू १९ अन्तर्राष्ट्रिय क्रिकेट देव दुई शतक बनाउने पहिलो खेलाडी

— देव खनाल नेपालबाट यू १९ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई शतक बनाउने पहिलो खेलाडी बनेका छन् । देवले बिहीबार इरानविरुद्ध एसीसी यू १९ प्रिमियर कप क्रिकेटमा १ सय रनको इनिङ्स खेल्दै सो कीर्तिमान बनाएका हुन् ।

मलेसियामा बिहीबार सुरु प्रतियोगितामा पहिलो खेलबाटै देवले आफ्नो प्रभाव देखाएका हुन् । इरानले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपालबाट अर्जुन कुमाल पहिलो ओभरमै शुन्यमा र आकाश त्रिपाठी ३ रनमा आउट भएपछि देव र दीपक बोहरा खेलमा हावी भएका थिए ।

कप्तान देवले ५९ बलमै शतक बनाएका थिए । सोक्रममा उनले १२ चौका र ४ छक्का प्रहार गरे । फेब्रुअरीमा देवले कुवेतविरुद्ध आईसीसी यू १९ विश्वकप छनोटको एसिया क्षेत्रमा १ सय २५ रन बनाएका थिए ।

युवा समूहको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई शतक बनाउने नेपालका दोस्रो खेलाडी हुन् । यसअघि रित गौतमले एसीसी यू १६ इस्टर्न रिजनमा म्यानमारविरुद्ध बैंककमा १ सय ६ रन र यू १९ इस्टर्न रिजनमा सिंगापुरविरुद्ध १ सय १५ रन बनाएका थिए ।

नेपालबाट यसअघि शक्ति गौचन, कनिष्क चौंगाई, फजलुर रहमान खान, राजु रिजाल, रित गौतम र अर्जुन कुमालले शतक बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...