लेबनानमा इजरायलको मिसाइल आक्रमण : रोयटर्सका पत्रकारको मृत्यु, अन्य ६ पत्रकार घाइते
लेबनानमा इजरायलको मिसाइल आक्रमण : रोयटर्सका पत्रकारको मृत्यु, अन्य ६ पत्रकार घाइते

दक्षिणी लेबनानमा मिसाइल प्रहारमा समाचार एजेन्सी रोयटर्सका एक भिडियो पत्रकारको मृत्यु भएको छ । इसाम अब्दुल्लाह नामका पत्रकारको मृत्यु भएको हो। साथै अरु ६ जना पत्रकार घाइते भएका छन् ।


रोयटर्स समाचारका अनुसार अल जजिरा, एएफपी र रोयटर्सका पत्रकारहरू इजरायलसँग सीमा जोडिएको लेबनानको दक्षिणी क्षेत्रमा काम गरिरहेका थिए।

हाल इजरायली सीमामा हिजबुल्लाह र इजरायलले एकअर्कालाई आक्रमण गरिरहेका छन्। लेबनानी प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाहले दुर्घटनाको लागि इजरायललाई दोष दिएका छन्।

इजरायल रक्षा बलले केही प्रतिक्रिया दिएको छैन। त्यहाँका संयुक्त राष्ट्रसंघका राजदूत गिलार्ड एर्डनले भने, 'आफ्नो काम गरिरहेका पत्रकारलाई निशाना बनाउने हाम्रो नियत नभएकोमा कुनै शंका छैन। तर युद्धको अवस्थामा यस्ता दुर्घटनाहरू हुन सक्छन्।'

उनले इजरायलले यस विषयमा छानबिन गर्ने बताए । रोयटर्सले एक विज्ञप्ति जारी गर्दै इसाम अब्दुल्लाह प्रसारणकर्ताहरूलाई लाइभ भिडियो सिग्नल उपलब्ध गराउने क्रममा मारिएका बताएको छ।

उनको क्यामेरा पहाडतर्फ थियो । ठूलो विस्फोटले उनको क्यामेरा हल्लायो। त्यहाँ धुलोको ठूलो बादल देखियो र त्यसपछि चिच्याएको आवाज सुनियो। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...