पाँच पटकको विश्व विजेता अष्ट्रेलियाको संघर्ष
पाँच पटकको विश्व विजेता अष्ट्रेलियाको संघर्ष

। अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा सफल टिम हो- अष्ट्रेलिया । अष्ट्रेलियाले पाँच पटक एक दिवसीय विश्वकप, एक पटक टी-२० विश्वकप, एक पटक च्याम्पियन्स ट्रफी र एक पटक वर्ल्ड टेष्ट च्याम्पियनसिपको उपाधि जितेको छ ।

वानडे विश्वकपमा अष्ट्रेलिया सबैभन्दा सफल टोली नै हो । त्यो उसले जितेको ५ उपाधिले पनि प्रमाणित गर्छ । लगातार तीन पटक वानडे विश्वकप जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाउने एक्लो टिम अष्ट्रेलियाले पछिल्लो पल्ट ८ वर्षअघि २०१५ मा विश्वकप उपाधि जितेको थियो ।

२०१९ को वान डे विश्वकपमा अष्ट्रेलिया सेमिफाइनलसम्म पुगेको थियो । तर अहिले अष्ट्रेलियाको टिमको प्रदर्शन उस्तै छैन ।

भारतमा जारी विश्वकपमा अष्ट्रेलियाले संघर्ष गरिरहेको छ । सुरुवाती दुई खेलमा अष्ट्रेलिया पराजित भइसकेको छ । यसले टिममा धेरै कमजोरी देखिएको छ ।

पहिलो खेलमै भारतसँग ६ विकेटले पराजित भएको अष्ट्रेलिया दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १३४ रनले पराजित भयो । सुरुवाती दुई खेलमा कमजोर प्रदर्शनपछि अष्ट्रेलियाको सेमिफाइनल यात्रा कठिन हुन सक्ने संकेत देखिएको छ ।

हुन त क्रिकेटमा केही भन्न सकिन्न । तर अहिलेको अष्ट्रेलियन टिम पहिले जस्तो जबर्जस्त देखिएको छैन ।

यद्यपि लगातार दुई हारपछि अष्ट्रेलियाका मुख्य प्रशिक्षक एन्ड्रु म्याकडोनाल्डले आफ्नो खेलाडीको बचाउ गर्दै उनीहरुले पुनरागमन गर्ने विश्वास व्यक्त गरेका छन् ।

मार्नुस लाबुसचेनले दुई हारले निराश भए पनि यसमै चिन्ता लिएर बस्न नहुने र पाँच पटकको च्याम्पियनले फेरि लयमा फर्कने र नकआउट स्टेजमा पुग्न सक्ने बताएका छन् ।

१० टोली सम्मिलित विश्वकपमा लिग चरणको खेलपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने छन् ।

टिम सेलेक्सन र कम्बिनेसन

वान डे विश्वकप खेल्ने अष्ट्रेलियाको अहिलेको टिम सेलेक्सन पनि राम्रो नभएको कि भन्ने शंका उत्पन्न भएको छ ।

टिममा वार्नर बाहेक प्रोपर ओपनर छैनन् । लयमा रहेका ट्रेभिस हेड घाइते भएकाले मैदान उत्रिएका छैनन् ।

वार्नरसँग ओपनिङ गरेका मिचेल मार्शले वान डे मा विश्वकप अघि जम्मा ६ खेलमा ओपनिङ गरेका थिए ।

टेष्ट विशेषज्ञ मार्नुस लाबुसचेनले वानडे ब्याटिङ गरिरहेका छन् । जसले अष्ट्रेलिया खेलाडी चुकेको हो कि जस्तो देखिन्छ ।


मार्नुस लाबुसचेन
अहिलेको अष्ट्रेलियन टिम कम्बिनेसन पनि पहिलेको टिम जस्तो देखिएको छैन ।

पहिलो खेलमा एलेक्स केरी विकेटकिपिङमा थिए । दोस्रो खेलमा जोस इङ्लिसले विकेटकिपङ सम्हालेका थिए । तर दुवै विकेटकिपर ब्याटिङमा जम्न सकेका छैनन् ।

पहिलो खेलमा अलराउण्डर क्यामरुन ग्रीन खेलेका थिए भने दोस्रो खेलमा दक्षिण अफ्रिका विरुद्ध मार्कुस स्टोइनिङ खेलेका थिए ।

अष्ट्रेलियाको टिममा सही कम्बिनेसनको अभाव देखिएको छ ।

कमजोर ब्याटिङ

सुरुवाती दुई खेलमा अष्ट्रेलियाले कमजोर ब्याटिङ गरेको छ । टी-२० मा जति पनि रन बनाउन नसकेको अष्ट्रेलिया दुवै खेलमा २०० भन्दा कम रनमै अलआउट भएको छ ।

भारत विरुद्ध पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ३ बल अगावै सबै विकेट गुमाएर १९९ रन मात्र बनाएको थियो । उक्त खेलमा कुनै खेलाडीले अर्धशतक बनाउन सकेनन् । स्टिम स्मिथले बनाएको ४६ रननै व्यक्तिगत उच्च रह्यो । यस्तै डेविड वार्नरले ४१ रन जोडेका थिए । बाँकीले ३० रनको आँकडा छुन सकेनन् ।

स्कोर नै थोरै भएपछि बलरले पनि धेरै गर्न सकेन । मिचेल स्टार्क र जोस हेजलउडले रोहित शर्मा, इशान किसन र श्रेयास अयेरलाई शून्यमै पभेलियन फर्काए पनि विराट कोहली र केएल राहुलले शानदार ब्याटिङ गरेपछि भारतले ४१.२ ओभरमा ४ विकेट गुमाएर २०१ रन बनाएको थियो । राहुलले ९७ र कोहलीले ८५ रन बनाए । दुवै नटआउट रहे ।

हेजलउडले ३ र स्टार्कले १ बाहेक अन्य बलरले विकेट लिन सकेनन् ।

दोस्रो खेल दक्षिण अफ्रिका विरुद्ध अष्ट्रेलियाको ब्याटिङ झनै कमजोर भयो । लखनउमा ३१२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४०.५ ओभरमै १७७ रनमा अलआउट भयो । यस खेलमा पनि अष्ट्रेलियाको ब्याटरको व्यक्तिगत उच्च स्कोर ४६ नै थियो । जुन मार्नुस लाबुससेनको ब्याटबाट आएको थियो । त्यसबेहक मिचेल स्टार्कले २७ रन जोडेका थिए ।

अनुभवी ब्याटरहरु भए पनि अष्ट्रेलियाले त्यस अनुसारको प्रदर्शन देखाउन सकेको छैन । पूर्व कप्तान स्टिम स्मिथ डेविड वार्नर सबैभन्दा अनुभवी ब्याटर हुन् ।


मिचेल मार्स ।
यसबाहेक ग्लेन म्याक्सवेल, मिचेल मार्स र मार्कुस स्टोइनिस जस्ता ब्याटिङ गर्न सक्ने अलराउण्डर कंगारु टोलीमा छन् ।

तर उनीहरुले अपेक्षा अनुसारको प्रदर्शन देखाउन सकेका छैनन् । अष्ट्रेलियाको बलियो पक्षको रुपमा ब्याटिङ गहिराई नै काम गरेको छैन । जसले गर्दा अष्ट्रेलियाले ठूलो स्कोर बनाउन सकेको छैन ।

अनुभवी भए पनि अष्ट्रेलियाको ब्याटिङ लाइन अप अब पुरानो भएको छ । कहिलेकाहीँ अष्ट्रेलियाको ब्याटिङ निकै कमजोर हुन्छ । जुन यसअघिको दुई खेलमा देखिएको छ । उनीहरु महत्वपूर्ण समयमा विकेट गुमाउँछन् । दुई विकेटकिपर एलेक्स केरी र जोस इङ्लिस दुवैमा एडल गिलक्रिस्ट जस्तो चमक छैन ।

पेस बलरहरूले पनि आफ्नो उत्कृष्ट गुणका बावजुद, फ्ल्याट डेकमा रन बनाउन सक्छन् र ३३० भन्दा बढीको स्कोर पछ्याउन यो टोलीका लागि चुनौती हुन सक्छ।

स्पीनर अभाव

विश्वकप खेल्ने अष्ट्रेलियाली टिममा जम्मा एउटा स्पीनर छन् एडम जाम्पा । प्रतियोगिताअघि नै अष्ट्रेलिया स्पीन डिपार्टमेन्टमा कमजोर थियो ।

सुरुमा एस्टन एगर पनि टिममा रहे पनि चोटका कारण उनी टिमबाट बाहिरिसकेका छन् । उनको स्थानमा मार्नुस लाबुसचेनलाई टिममा बोलाइएको थियो । तर अर्को स्पीनर राखिएन ।

जाम्पालाई अलराउण्डर म्याक्सवेलले स्पीनमा सघाउने गरेका छन् । त्यसमा जाम्पा भन्दा म्याक्सवेल नै किफायती छन् । पहिलो खेलमा भारत विरुद्ध विकेट नलिए पनि किफायती म्याक्सवेलले ८ ओभरमा ३३ रन खर्चेका थिए ।

दोस्रो खेलमा भने दक्षिण अफ्रिका विरुद्ध म्याक्सेवल सबैभन्दा किफायती देखिएका थिए । जहाँ उनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर २ विकेट लिएका थिए ।

जाम्पाले पहिलो खेलमा ८ ओभरमा ५३ रन खर्चँदा दोस्रो खेलमा १० ओभरमा ७० रन खर्चेर जम्मा १ विकेट लिएका थिए ।

स्पेसलिस्ट बलर भन्दा म्याक्सवेलले राम्रो गरिरहनुले पनि अष्ट्रेलियामा मुख्य स्पीनरको कमी देखिएको छ ।

फिल्डिङमा पनि अष्ट्रेलिया चुस्त देखिएको छैन । दक्षिण अप्रिका विरुद्ध अष्ट्रेलियाले ६ क्याच छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...