लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी
लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी

: गौर भन्सार कार्यालयले विभिन्न समयमा बरामद गरेका सवारी साधनहरू लिलाम नहुँदा कवाडमा परिणत हुने अवस्थामा पुगेका छन्। आर्थिक वर्षमा बरामद सबै सवारी साधन लिलाम गर्न प्रकिया थालेको गौर भन्सार कार्यालयका प्रमुख बासुदेव नेपालले बताएका छन् ।


गौर भन्सार परिसरमा हजारौं सवारी साधन कवाडमा परिणत हुँदै गएका छन् ।

समयमा नै लिलाम नहुँदा हजारौं मोटरसाइकल ,दर्जनौं चारपाङ्ग्रे गाडीहरू गौर भन्सार परिसरमा कुहिने अवस्थामा पुगेका छन् । गौर भन्सार कार्यालय बाट २०७४ सालदेखि बरामद सवारी साधनहरू लिलाम भएका छैनन् । भन्सार परिसरमा अलपत्र अवस्थामा करिब ३ हजार १ सय मोटरसाइकल र ९६ वटा जिपकार रहेको गौर भन्सार कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले बरामद गरेको सवारी साधन अलपत्र परेका हुन्। वर्षादमा पानीमा भिजेर तथा भन्सार वरिपरि पानी जमेपछि ती सवारी साधन नष्ट भएका छन् । सुरक्षित स्थानमा राख्ने गोदाम नहुँदा घामपानीले सवारी साधन कवाड हुँदै गएको गौर भन्सारका सूचना अधिकारी रेवती रमण रोक्काले जानकारी दिए।

६ वर्षदेखि लिलाम हुन नसकेको सवारी साधनको लिलामी प्रक्रिया अघि बढेको गौर भन्सारका सूचना अधिकारी रोक्काले बताए । आर्थिक वर्ष २०७९ र २०८० मा गौर भन्सार कार्यालयले करिब ३५ करोड ९३ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, भन्सार कार्यालयले २३ करोड ८८ लाख मात्र राजश्व संकलन गरेको छ ।

वि.स. २०८० र ०८१ मा ३४ करोड ८७ लाख राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...