भारतले पाकिस्तानलाई ७ विकेटले हरायो
भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

: भारतल पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ। आइसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत अहमदावादमा भएको खेलमा भारतले पाकिस्तानले दिएको १९२ रनको लक्ष्य पछ्याउँदै जित हासिल गरेको हो। भारतले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो।


भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८६ रन बनाए। ६३ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए।

त्यस्तै शुभम गिल १६ र विराट कोहली १६ रन बनाएर पेभेलियन फर्किएका थिए। त्यस्तै श्रेयस लैर ५३ र केएल राहुल १९ रनमा अविजित रहे। पाकिस्तानका साहिन अफ्रिदीले २ र हसन अलीले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४२.५ ओभरमा अलआउट हुँदै १९१ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजम सर्वाधिक ५० रन बनाएका थिए। मोहम्मद रिजवान अर्धसतक बनाउन एक रन बाँकी हुँदा पेभेलियन फर्किए भने इमामउल हक ३६ रनमा आउट भए।

त्यस्तै अब्दुल्लाह सफिकीले २० र हसन अलीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिरजा, हार्दिक पाण्डे, कुलदीप यादव र रविन्द्र जडेजाले दुई-दुई विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...