। चीनका विदेश मन्त्री वाङ यीले इजरायलले गाजाका बासिन्दालाई सामुहिक दण्ड दिन रोक्नु पर्ने बताएका छन् ।
साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानलाई फोन गरेर वाङ यीले गाजामा इजरायलले गरिरहेको कारबाही आत्मरक्षाको दायरबाट बाहिर पुगेको बताए ।
चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार चीनले इजरायल हमासबीचको संघर्ष रोक्नका लागि र शान्ति वार्ता अघि बढाउनका लागि आउँदो हप्ता विशेष दूत पनि पठाउन लागेको छ ।
गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा सैन्य कारबाही तिव्र बनाएको छ । जसबाट अहिलेसम्म २ हजार ३०० जनाको मृत्यु भइसकेको छ । हमासको कारबाहीमा परेर इजरायलमा १ हजार ३०० जना मारिएका छन् ।