इजरायलको बमबारी हमासविरुद्ध कि निहत्था प्यालेस्टाइनीविरुद्ध
इजरायलको बमबारी हमासविरुद्ध कि निहत्था प्यालेस्टाइनीविरुद्ध

गत साता हमासले इजरायलमा बर्बरतापूर्ण आक्रमण गरेसँगै इजरायलले गाजा क्षेत्र तहसनहस बनाउने गरी आक्रमण जारी राखेको छ । इजरायलको रक्षा मन्त्रायलका अनुसार अब उसले गाजामा हवाई, स्थल र सामुन्द्रिक इलाकाबाट समेत एकैसाथ हमला गर्नेछ ।

इजरायलको बम वर्षाका कारण हालसम्म गाजामा ११०० जनाले ज्यान गुमाएका छन् । इजरायलको यो बमवर्षा अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको कतिपय पर्यवेक्षकहरुले बताएका छन् ।

इजरायलको आक्रमणबाट त्यस क्षेत्रका स्कुल अस्पतालसमेत ध्वस्त भएका छन् । गाजामा इजरायलले खाद्यान्न तथा खानेपानी समेत बन्द गरिदिएको छ ।

ऊर्जामा कटौती, खाद्यान्न तथा खानेपानीसमेत रोकेर इजरायलले गाजाका २० लाख ३० हजार मानिसलाई सामूहिक सजाय दिंदै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको पर्यवेक्षकहरुको भनाइ छ ।

हमासको हमलापछि १२०० इजरायलीको ज्यान गएको छ भने ३००० इजरायली घाइते भएका छन् । १५० जना बन्धक बनाइएको स्थिति छ । बन्धक फिर्ता नगरेसम्म गाजामा हाहाकार मच्चाउने क्रम जारी राख्ने इजरायलको चेतावनी छ ।

इजरायलले गाजामा हमला जारी राख्दा अमेरिकाले उसलाई हतियार तथा जस्तोसुकै सहयोगका लागि तयार रहेको बताएको छ । सार्वजनिक भएका मिडिया रिपोर्ट अनुसार इजरायली प्रधानमन्त्री बन्जामिन नेतान्याह्युले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुराकानी गरेका थिए ।

त्यही संवादमा अमेरिकी ढाडस प्राप्त गरेसँगै इजरायल गाजा ध्वस्त बनाउने अभियानमा जुटेको हो । इजरायलले समर्थन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भनेका थिए, ‘हामी युद्धको नियमलाई शिरोपर गर्छौं ।’

२६० जना बालबालिका र २३० महिलाको ज्यान जाँदा समेत पालना नभएको युद्धको नियम खासमा कस्तो छ त ?

मानवअधिकारसम्बन्धी निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय ह्युमन राइट्स वाचका वेस्ट बैंक तथा गाजामा इजरायलले गर्न खोजेको कब्जा अन्तर्राष्ट्रिय कानुनको नजरमा जारी सशस्त्र द्वन्द्व हो ।

सन् १९४९ को जेनेभामा सन्धिको दफा ३ र सन् १९७७ मा थप भएका प्रावधानले पनि त्यसलाइ जारी सशस्त्र द्वन्द्वकै रुपमा व्याख्या गर्छ । यस सन्धिले सामुहिक सजायलाइ मान्यता दिंदैन । यस कानुन अन्तर्गत युद्ध पक्षले पालना गर्नुपर्ने नियमहरु निम्न छन् :

लडाकु र निहत्था नागरिकलाइ समान व्यवहार गर्न नहुने ।
सार्वजनिक पूर्वाधार, स्कुल, विद्यालय, निजी निवास तथा अस्पतालको संरक्षण गर्नुपर्ने ।
लक्षित स्थानमा निहत्था नागरिकको रहेको अवस्थामा हमला अघि प्रशस्तै चेतावनी दिनुपर्ने ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा र अत्यावश्यक सेवाका लगि खटिएका जनशक्तिको बचाउ गर्नुपर्ने ।
मानवीय सहायताका गतिविधिलाई रोक्न नपाइने
कब्जा लिएका नागरिक तथा सशस्त्र समूहलाई कुनै नोक्सान पुर्‍याउन नहुने, बन्दीलाई क्रुर तथा अमानवीय व्यवहार गर्न नहुने ।
हमास र इजरायली सरकार दुवै युद्धबारेको अन्तर्राष्ट्रिय सन्धी र त्यसका आधारमा बनेका कानुन पालनाका लागि बाध्य हुनेछन् । हमासले इजरायली र अन्य नागरिक मारेकोप्रति वृहत आलोचना भएको छ । हाल इजरायलले गाजामा चालेको कदमको अन्तर्राष्ट्रिय कानुनविद्हरुले विरोध जनाएका छन् ।

गत सोमबारे इजरायली रक्षामन्त्री योअभ जलान्टले प्यालेस्टाइनलाइ मानिसको आवरणका जनावरको संज्ञा दिंदै उनीहरुलाई ध्वस्त बनाउने चेतावनी दिएका थिए ।

सोमबारदेखि त्यहाँ विद्युत, खाध्यान्न तथा ऊर्जा जस्ता अत्यावश्यक वस्तु पठाउन रोक लगाइयो । मंगलबार इजारयलले त्यहाँ हवाई हमला गर्‍यो ।

उनले हमासलाई चेतावनी दिँदै भनेका छन्, ‘हमासले गाजामा परिवर्तन चाहेको थियो । चाहेको र सोचेकोभन्दा भिन्न परिवर्तनको सामना अब उसले गर्नेछ ।’

विगत १६ वर्षदेखि इजरायलले गाजालाई प्रतिबन्धमा राखेको छ । ऊर्जा, खानेपानी सहितका आधारभूत आवश्यकतानै रोक्का गरिदिएपछि त्यहाँको अवस्था निकै भयावह छ । शरणार्थी शिविर, आवासीय क्षेत्र, विद्यालय, अस्पतालसहितका तीन लाख ४० हजार पूर्वाधारर ध्वस्त छन् र यो संख्या अझै बढ्नेछ ।

विद्युत तथा औषधि रोकिंदा घाइतेहरुको उपचारमा समस्या भइरहेको छ । इजरायलमा गाजाको आक्रमणबाट ५ हजार ३३९ मानिस घाइते भएका छन् । ‘हामी यहाँ छटपटाइरहेका छौं। हामीलाई बचाउनका लागि कसैले कुनै पनि कदम चालेको छैन । गाजामा अहिले मानवीय सहायतको खाँचो छ,’ मर्वान जिलानीले भने ।

गत मंगलबार मानवनअधिकारसम्बन्धी राष्ट्रसंघीय उच्च आयोगका प्रमुख भोल्कर ट्रुकले जारी द्वन्द्वलाई विष्फोटक बारुद भन्दै इजारयलको गाजामा प्रतिबन्ध र हमला अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको बताए । ‘जीवन बाँच्नका लागि न्यूनतम आवश्यकताका वस्तु तथा सेवामा प्रतिबन्ध लगाउने काम अन्तर्राष्ट्रिय कानुनले निषेध गरेको छ,’ उनले भनेका छन् ।

अन्तर्राष्ट्रिय कानुन हमासला जति लाग्छ इजरायलको हकमा पनि उत्तिकै लाग्ने उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया के छ ?

अन्तर्राष्ट्रिय फौजदारी अदालतले मंगलबार प्यालेस्टाइन राज्यमा विगतदेखि हालसम्म भएका युद्ध अपराधमा अनुसन्धान अघि बढाउन भनेको छ ।

अभियोजकहरुले अनुनसन्धानका लागि सूचना संकलन गरिरहेका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालनको कानुन अनुसार युद्धको समयमा भएको भोकमरी युद्धअपराध हो । सिरियाका शासक बसर-अल असदले गृह युद्ध तथा प्रतिपक्षलाई दबाउनक लागि आत्मसपर्ण गर्ने वा भोकै बस्ने नीति लिएका थिए । त्यसलाई युद्ध अपराध मानिएको थियो । यस्तै रुसले युक्रेनका कतिय क्षेत्रमा खाद्यान्न रोकेको विषयलाई समेत अन्तर्राष्ट्रिय अदाललते नियालिरहेको छ ।

यस्तै राष्ट्रसंघको मानवअधिकार परिषद्ले इजरायल र हमास दुवैले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको प्रमाण रहेको बतँएको छ । ‘गाजालाई पूर्ण रुपमा ध्वस्त बनाउँदै आफ्नो नियन्त्रणमा लिने इजरायली नीतिप्रति परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ । नि:सन्देह यसले धेरै निहत्था नागरिकको ज्यान लिने छ । साथै, अन्तर्राष्ट्रिय कानुनले प्रतिबन्ध लगाएको सामूहिक सजायलाइ पनि प्रश्रय दिने छ।’

रोयटर्सका अनुसार इजिप्टले अमेरिका तथा अन्य शक्तिशाली मुलुकसँग गाजामा मानवीय सहायताका योजबनारे छलफल गरेको छ । तर शक्तिशाली राष्ट्रले सहायतका लागि कोरिडोर खुला गरेमा गाजाबाट विस्थापितहरु अन्यत्र भाग्ने भन्दै त्यसलाई अस्वीकार गरिएको रोयटर्सले जनाएको छ ।

इजरायली पूर्वसांसद सामी अबु सेदहाले भने, ‘बाइडेन लगायत अन्य अन्तर्राष्ट्रिय नेताले नेतान्याह्युलाई जातीय सफायाका लागि स्वीकृति दिए ।’

लण्डनमा आधारित अरबी समाचार संस्था अल अरबी अल जदिदमा उनले थप लेखेका छन्, ‘इजरायलले हमाससँग मात्रै बदला लिइरहेको छैन उसले २० लाख २० हजार मानिसलाई सामूहिक सजाय दिइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...