नोबेल साहित्य विजेता कवि लुइस ग्लुकको निधन
नोबेल साहित्य विजेता कवि लुइस ग्लुकको निधन

— नोबेल साहित्य विजेता लेखक तथा पूर्व अमेरिकी पोएट लरेट लुइस ग्लुकको निधन भएको छ । सन् २०२० मा नोबेल साहित्य जितेकी लेखक ग्लुकको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । ग्लुक ८० वर्षकी थिइन् ।
उनको निधनको कारण भने खुलाइएको छैन । कवि ग्लुकले साहित्यमार्फत ‘काव्यात्मक आवाजमार्फत सुन्दर ढंगले व्यक्तिगत अस्तित्वलाई सर्वव्यापी बनाउन’ भूमिका खेलेको भन्दै साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको स्विडिस एकेडेमीले जनाएको थियो । अन्य लेखकहरूसँग तुलना गर्दै एकडेमीले ग्लुक आफ्नो 'गम्भीरता एवं आस्थाका सरल सिद्धान्तलाई स्वीकार गर्ने अनिच्छा' कारण १९औं शताब्दीकी अमेरिकी कवि एमिली डिकिन्सनसँग मिल्दोजुल्दो भएको उल्लेख गरेको थियो ।

सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी ग्लुक यल विश्वविद्यालयमा अंग्रेजीकी प्राध्यापकसमेत थिइन् । सन् १९९२ मा प्रकाशित कवितासंग्रह ‘द वाइल्ड आइरिस’ लाई समीक्षकहरूले पनि प्रशंसा गरेका थिए । 'द वाइल्ड आइरिस' ले सन् १९९३ मा पुलित्जर पुरस्कारसमेत पाएको थियो । जुन कवितासंग्रहमा रहेको ‘स्नोड्रप्स’ कवितामा शिशिर यामपछि कसरी चामत्कारिक ढंगले जीवन फर्किन्छ भन्ने कुरा प्रस्तुत गरेकी छिन् । त्यस्तै उनका ‘भिटा नोभा’, प्रूफ्स एन्ड थिएरिज’, ‘मिडोल्यान्ड्स’, ‘फेथफुल एन्ड भर्चुअस नाइट’ लगायतका कवितासंग्रह प्रकाशित छन् । सन् १९६८ मा उनको पहिलो कवितासंग्रह 'फर्स्टबर्न' प्रकाशित भएको थियो ।

पाँच दशकको लेखनयात्रामा उनले नोबेल र पुलित्जरसहित बेलिन्जेन, लनान वालेस स्टिभेन्सन, ट्रान्स ट्रोमर, न्यास्नल बुक क्रिटिक सर्कल अवार्डजस्ता थुप्रै, थुप्रै प्रतिष्ठित पुरस्कार, सम्मान, फेलोसिप प्राप्त गरेकी थिइन् । लेखक राजवले ३ वर्षअघि कान्तिपुर कोसेलीमा ग्लुकबारे लेखेका थिए, 'देखिँदा सरल लाग्ने पंक्तिमा गहिरो भावगुम्फनको कला भर्ने ग्लुक खाँटी अमेरिकी भावभूमिकी एकदम तीव्र संवेदनशील कवि हुन् ।'

त्यस्तै ग्लुकका कविता 'संवेदनशीलताबाट विशेषतातर्फ' डोरिएको पाउने कवि विप्लव प्रतीकको मत छ । प्रतीकले कान्तिपुरमै लेखेका छन्, 'ग्लुकले आफ्ना कवितामा एक खालको प्रयोग या भनूँ डिजाइन गरेकी छन् निरन्तर । जुन प्रयोग अधिकांश पाठकका लागि बानी पार्न अभ्यास गर्नुपर्ने पनि हुन सक्छ । उनका कविताका हरफहरू जहाँ टुङ्गिनुपर्ने हो टुङ्गिँदैन । टुङ्गियो भने पनि त्यहाँ अर्को हरफको केही शब्द जोड्छिन् र बाँकी हरफ तल झारिदिन्छिन् ग्लुक ।' कवि प्रतीक ग्लुकका कविताहरूमा संवेदनशीलता, आदर्श र मन एवं ज्ञानबीचको अद्भुत तालमेल पाउँछन् ।

कविता ढाडस दिन्छ

अन्धकार सुरुङमा

तिमी एक्लो छैनौ

– लुइस ग्लुक

(६ खण्डमा लेखिएको चर्चित कविता ‘अक्टोबर’ बाट) [अनू. राजव]

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...