इजरायल-हमास युद्ध : रोयटर्सका भिडियोपत्रकारसहित ११ पत्रकारको मृत्यु
इजरायल-हमास युद्ध : रोयटर्सका भिडियोपत्रकारसहित ११ पत्रकारको मृत्यु

— इजरायली मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु भएको छ । इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा शुक्रबार रोयटर्सका भिडियो पत्रकारको मृत्यु भएको हो । मिसाइल आक्रमणमा परी भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको रोयटर्सले जनाएको छ । उनी इजरायल-लेबनान सीमामा रिपोर्टिङ गरिरहेका बेला आक्रमणमा परेका हुन् ।

रोयटर्सका अनुसार अल्मा अल-शाबनजिकैको आक्रमणमा अल जजीरा र एएफपीका पत्रकारसमेत घाइते भएका छन् । आक्रमणमा ६ जना पत्रकार घाइते भएको समाचारमा उल्लेख छ । इजरायली सेना र हिजबुल्लाहबीच सीमामा लडाइँका क्रममा पत्रकारहरू आक्रमणमा परेका हुन् । लेबनानका प्रधानमन्त्री नजिब मिकाती र हिजबुल्लाह नेताहरूले घटनामा इजरायल जिम्मेवार रहेको बताएका छन् ।

इजरायली सेनाले भने घटना दु:खद् भएको बताएको छ । इजरायली सेनाले मृत्युको जिम्मा भने लिएको छैन । इजरायली सेनाका प्रवक्ता रिचर्ड हेचले घटनाको अनुसन्धान गरिरहेको जनाएका छन् । त्यस्तै राष्ट्र संघका लागि इजरायली राजदूत गिलाड इर्दान युद्धमा यस्ता घटना हुने बताएका छन् । उनले भनेका छन्, 'निश्चय पनि हामी काम गरिरहेका कोही पत्रकारलाई गोली हान्न वा मार्न चाहँदैनौँ । तर तपाईंलाई थाहा नै छ, हामी युद्धमा छौँ घटना हुन सक्छ ।'

गत शनिबारदेखि सुरु भएको हमास-इजरायल युद्धमा सर्वसाधारण मात्र होइन, रिपोर्टिङ गरिरहेका पत्रकारसमेत मारिएका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स(सीपीजे)का अनुसार युद्धमा परी ११ जना पत्रकारको मृत्यु भएको छ । मारिनेमा ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार रहेका छन् । इजरायली हवाई आक्रमणमा प्यालेस्टाइनबाट सञ्चालित अल खाम्सा न्युजका प्रधान सम्पादक सइद अल तवीलसमेत मारिएका छन् । त्यस्तै अर्का प्यालेस्टिनी पत्रकार मोहम्मद सोभसमेत मारिएको सीपीजेले जनाएको छ । त्यस्तै इजरायली फोटोपत्रकार रोई इदान बेपत्ता रहेको पनि न्युयोर्क टाइम्सले जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार उनी र उनकी छोरीलाई हमासले बन्धक बनाएको आशंका गरिएको छ ।

कमिटीले युद्धमा अरु पत्रकार परे/नपरेकोबारे अनुसन्धान गरिरहेको पनि जनाएको छ । सीपीजेका मध्य पूर्वका संयोजक शरिफ मन्सुरले गाजामा पत्रकारहरू परिवारका सदस्य घाइते र मारिएको अवस्थामा समेत सूचना संकलनमा खटिइरहेको बताएका छन् । उनले भनेका छन्, 'उनीहरू सबैभन्दा जोखिममा छन् तर अहिले तिनीहरूकै बढी खाँचो छ । अहिलेका दृश्य बताउने हाम्रा आँखा उनीहरू नै हुन् ।'

गत शनिबारदेखि चर्किएको युद्धमा ३ हजार ५ सयभन्दा बढी मानिस मारिएका छन् । हमासको आक्रमणमा १ हजार ३ सयभन्दा बढी इजरायली मारिएका छन् भने इजरायली हवाई र बम आक्रमणमा २ हजार २ सयभन्दा प्यालेस्टिनी मारिएका छन् ।

इजरायली सेनाले उत्तरी गाजाका करिब ११ लाख बासिन्दालाई सहर छाड्न आदेश दिएको छ । यतिबेला हजारौँ प्यालेस्टिनीहरू बालबच्चा र सरसामानसहित दक्षिणी गाजातरर्फ गइरहेका छन् । आफ्नो थातथलो छाडेर सुरक्षित स्थानतर्फ गइरहेको प्यालेस्टिनीहरू चढेको गाडीमा इजरायली आक्रमणसमेत भएको छ जसमा २ देखि ५ वर्षका बालबालिका मारिएको बीबीसीले उल्लेख गरेको छ । उत्तरी गाजा र दक्षिणी गाजामा गरी करिब २२ लाख मानिसको बसोबास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...