एसीसी यु १९ प्रिमियर कप नेपालको दोस्रो जित, सेमिफाइनल नजिक
एसीसी यु १९ प्रिमियर कप नेपालको दोस्रो जित, सेमिफाइनल नजिक

— नेपालले एसीसी यु १९ प्रिमियर कप क्रिकेटमा आइतबार बहराइनलाई ७ विकेटले पराजित गरेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले लगातार दोस्रो विजय हात पार्दै सेमिफाइनल नजिक पुगेको हो ।

दीपेश कँडेल र दुर्गेश गुप्ताले धारिलो बलिङ गरेपछि क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर ब्याटिङमा आएको बहराइनलाई नेपालले ३७.५ ओभरमा ७७ रनमा अलआउट गरेको थियो । बहराइनबाट मोहम्मद बसिलले ७७ बल खेली २ चौका र २ छक्का प्रहार गरी ३४ रन बनाउनुबाहेक बहराइनबाट अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

नेपालबाट दीपेशले ६ र दुर्गेशले ४ विकेट लिए । हेमन्त धामीसँग नयाँ बल लिएर आएका स्पिनर दीपेशले ९.५ ओभरमा ८ मेडन राख्दै ४ रनमात्र खर्चेका थिए । दुर्गेशले ८ ओभरमा १ मेडन राख्दै २२ रन खर्चे ।

जवाफमा नेपालको सुरुआत राम्रो रहेन । दीपक बोहरा, ४, उत्तम थापामगर शून्य र दीपक डुम्रे १ रनमै आउट भएका थिए । ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले समान अविजित ३२ रन बनाउदै नेपाललाई विजयी बनाए । अर्जुनले ३१ बल खेली ५ चौका र देवले २७ बल खेली ४ चौका र १ छक्का प्रहार गरे ।

देव खनालको शतकमा नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले पराजित गरेको थियो । नेपालले अब बिहीबार साउदी अरेबियासँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...