इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध
इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध

— डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड आइतबार विश्वकप २०२३ मा अफगानिस्तानको हातबाट स्तब्ध भएको छ । अफगानिस्तानले ६९ रनको सनसनीपूर्ण जित निकालेको हो । इंग्ल्यान्डमाथि अफगानिस्तानको यो पहिलो ऐतिहासिक जित हो । जितका लागि २ सय ८५ रन पछ्याइरहेको इंग्ल्यान्डले ४०.३ ओभरमा २ सय १५ रन बनाएर सबै विकेट गुमायो ।


ह्यारी ब्रुक्सले ६१ बलमा बनाएको ६६ रनले इंग्ल्यान्डका लागि कोही पनि ब्याटरको सबैभन्दा ठूलो योगदान रह्यो । उनको ब्याटबाट सात चौका र एक छक्का निस्केको थियो । ओपनर डाविड मानलले ३२ रन जोडे । नियमित अन्तरमा विकेट गुमाएको इंग्ल्यान्डका लागि अरू ब्याटरले गतिलो योगदान दिन सकेनन् । अफगान बलरमध्ये मुजिब रहमानले ५१ रनका तीन विकेट लिए ।

त्यस अगाडि अफगानिस्तानले ओपनर रहमानुल्लाह गुरबजको ८० रनको मदतले ४९.५ ओभरमा सबै विकेट गुमाउन अगाडि सय ८४ रन बनाएको थियो । गुरबजले ५७ बलमा आठ चौका र चार छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि इब्राहिम जारडनसँग मिलेर १ सय १४ रनको साझेदारी गरे ।

अफगानिस्तानका लागि मध्यक्रमका ब्याटटर इकरम इलखिलले पनि अर्धशतक पूरा गरे । उनले ६६ बलमा ५८ रन बनाए र त्यसमा तीन चौका तथा दुई छक्का सामेल थियो । इंग्लिस बलरमध्ये अदिल रसिदले ४२ रनमा तीन विकेट लिए । प्रतियोगितामा अफगानिस्तानको यो पहिलो जित हो भने इंग्ल्यान्डले आफूले खेलेको तीन खेलमा दोस्रो हार बेहोर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...