३ जहाज चार्टर गरेर भियतनामी पर्यटक नेपाल आउने
३ जहाज चार्टर गरेर भियतनामी पर्यटक नेपाल आउने

— ३ वटा विमान चार्टर गरेर भियतनामी पर्यटकले नेपाल भ्रमण गर्ने भएका छन् । अक्टोबर २१, २५ र २९ मा हिमालय एयरलाइन्सका एयरबस ए–३२० विमान चार्टर गरेर भियतनामबाट पर्यटक आउने भएका हुन् ।

उनीहरूले काठमाडौं, पोखरा, लुम्बिनी लगायताका स्थान भ्रमण गर्नेछन् । नेपाली ट्राभल एजेन्सीको अगुवाइमा ३ जेट विमान चार्टर गरेर पर्यटक आउन लागेका हुन् । करिब १५ प्रतिशत बुद्ध धर्मावलम्बी रहेको भियतनामबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या पछिल्ला दिनहरूमा बढ्दो छ । भियतनामबाट आउने केही पर्यटक नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योगअभ्यासका लागि थप समय बस्ने भ्रमण प्रवन्धक रुप्से होलिडेजले जनाएको छ ।

‘नेपाल भियतनाम चार्टर उडान भइरहँदा नेपालबाट पनि उल्लेख्य पर्यटक भियतनाम जाने भएका छन्’ एक विज्ञप्तिमार्फत कम्पनीले भनेको छ । उडानका क्रममा एकतर्फी रुपमा खाली रहने सिट बिक्री गरी पर्यटकका लागि यो चार्टर उडान आर्थिक रुपमा किफायती बनाउन लागिएको रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए । ‘नेपालबाट भियतनाम जान चाहने पर्यटकका लगि १ लाख २० हजार रुपैयाँको विशेष टुर प्याकेजको निर्माण गरिएको छ’, उनले भने ‘चार रात पाँच दिनको भियतनामको हनोईमा बसाइ, विभिन्न आकर्षक गन्तव्यको घुमाइ, एक दिने क्रुज, भिसा तथा दुईतर्फी हवाइ टिकट सम्मिलित यो प्याकेजमा नेपाली पर्यटकको उल्लेख्य आकर्षण रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...