— नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पहिलो त्रैमासिक वित्तीय विवरण पठाउने म्याद थप गरिदिएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले हरेक त्रैमासको महिना व्यतित भएको मितिले ७ दिनभित्र अन्तरिम वित्तीय प्रतिवेदन राष्ट्र बैंकमा बुझाउँदै आएका छन् ।
जसअनुसार पहिलो त्रैमासिक वित्तीय विवरण पनि कात्तिक ७ गतेभित्र राष्ट्र बैंकमा बुझाउनुपर्ने व्यवस्था रहेकोमा यसलाई थप गरेर कात्तिक १७ गतेसम्म पुर्याइएको छ ।