गाजामा २४ घण्टाका लागि मात्र पानी र इन्धन : डब्लूएचओ
गाजामा २४ घण्टाका लागि मात्र पानी र इन्धन : डब्लूएचओ

— विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गाजा क्षेत्रमा २४ घण्टाका लागि मात्र पानी, बत्ती र इन्धन बाँकी रहेको बताएको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको जारी द्वन्द्वका कारण उत्तरी गाजा क्षेत्रको मानवीय स्थिति बिग्रँदै गएको चेतावनी डब्लूएचओले दिएको हो ।

मध्यपूर्व क्षेत्रका लागि संयुक्त राष्ट्रसंघको स्वास्थ्य संगठनका निर्देशक अहमद अल–मन्धारीले बमबारी भइरहेको र इजिप्टको सीमा राफा क्षेत्रमा रहेका विस्थापितलाई सहयोगका लागि अनुमति दिनुपर्ने बताएका छन् । यदि सहायता दिन नसकिएमा ‘चिकित्सकले धेरै घाइतेको मृत्युको प्रमाणपत्र तयार गर्नुपर्ने’ उनको भनाइ छ । गाजा क्षेत्रका चिकित्सकले पनि गत आइतबार इन्धन र अन्य उपकरणको अभावमा धेरै घाइते मर्न सक्ने चेतावनी दिएका थिए ।

यही अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि जवाफी कारबाहीस्वरूप उत्तर गाजा क्षेत्रमा नाकाबन्दी गरेको हो, जसका कारण त्यहाँको जनजीवन कष्टपूर्ण बनेको छ । स्थानीय खानेपानी, विद्युत्, इन्धन र खाद्यान्न सामग्रीका लागि संघर्ष बाध्य छन् । अर्कोतर्फ इजरायलले उत्तरी गाजामा निरन्तरजसो मिसाइल आक्रमण गरिरहेको छ । त्यही कारण यहाँका १० लाखभन्दा बढी स्थानीय अन्यत्र विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हरेक मिनेटमा १ घाइते गाजा क्षेत्रका अस्पतालमा थपिइरहेको समाचार संस्था अलजजिराले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार सोमबार साँझसम्म इजरायलको आक्रमणमा गाजा क्षेत्रमा मर्नेको संख्या २ हजार ८ सयभन्दा बढी पुगेको छ । १० हजारभन्दा बढी घाइते भएका छन् । प्यालेस्टाइनका अधिकारीका अनुसार गाजामा एक हजारभन्दा बढी व्यक्ति बेपत्ता छन् । इजरायलको आक्रमणबाट ध्वस्त भएका भवनका भग्नावशेषमा ती व्यक्तिहरू पुरिएको हुन सक्ने अधिकारीहरूको भनाइ छ । यस्तै, हमासको आक्रमणमा इजरायलमा मर्नेको संख्या पनि १ हजार ४ सयभन्दा बढी पुगेको छ ।

इजरायलको सैन्य फोर्स आईडीएफले हमासले गाजा क्षेत्रमा बन्धक बनाएकाहरू १ सय ५५ देखि १ सय ९९ जनासम्म हुन सक्ने अनुमान गरेको छ । संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा सहायताका लागि गम्भीर वार्तामा रहेको बताएको छ । गाजाबाट विस्थापित भएकाहरू दक्षिणी क्षेत्रमा लागेका छन् भने इजिप्टतर्फ जान पनि हजारौंको भीड लागेको छ । तर इजिप्टको सीमा क्षेत्र नखुल्दा राफामा हजारौं अलपत्र परेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासले पनि राफा क्षेत्रबाट विस्थापितलाई इजिप्टतर्फ पार गर्न दिन र सहायताका लागि संघर्ष विराम गरेका रिपोर्टलाई खारेज गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...