लाओसविरुद्ध नेपालको आक्रामक तयारी
लाओसविरुद्ध नेपालको आक्रामक तयारी

— नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा मंगलबार लाओसको सामना गर्दै छ । काठमाडौंमा भएको पहिलो लेग १–१ को बराबरीमा टुंगेको थियो । अबको दोस्रो लेग भियन्टाइनमा हुनेछ । नेपाली मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आक्रामक रणनीति लिएर आफ्नो टिम उत्रने बताए ।

उनले भने, ‘पहिलो लेगको खेल खराब रह्यो । यसबाट पाठ सिक्दै अब खेल्नुपर्नेछ । यो खेल नेपाल र मेरा लागि निकै महत्त्वपूर्ण छ । हामीलाई अगाडि बढ्ने हो भने यो खेल जित्न आवश्यक छ । यो गाह्रो छ, तर हामी तयार छौं । नेपालले आक्रामक फुटबल खेल्नेछ । म लाओस टिमको सम्मान गर्छु र हामी राम्रो नतिजाका लागि सकारात्मक हुनुपर्छ ।’

यस्तै लाओस टिमका प्रशिक्षक कनलाया सिसोमभाङले नेपालबाट बलियो चुनौती पेस हुने स्विकारे । उनले भने, ‘हाम्रोसामु कठिन खेल छ । पहिलो लेगको खेलको हामीले निकै गम्भीर भएर विश्लेषण गरेका छौं । त्यस खेलबाट हामीले धेरै सिक्ने अवसर पनि पाएका छौं । भोलिको खेलका लागि हामी निकै उत्साहित छौं ।’

नेपाली टिमका कप्तान किरण लिम्बूले दसैंको संघारमा नेपाली फुटबल समर्थकलाई जित उपहार दिन चाहेको बताए । उनले भने, ‘अबको खेल निकै महत्त्वपूर्ण छ । पहिलो खेल केही हदसम्म निराशाजनक रह्यो । त्यसमा भएका गल्तीमा हामीले सुधार्ने प्रयास गरेका छौं । हामी दसैंको बेला नेपाली समर्थकलाई जितको उपहार दिन चाहन्छौं ।’ दशरथ रंगशालामा भएको खेलमा अञ्जन विष्टले एक गोल गर्दै नेपालका लागि सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका थिए र अब उनको सामनु हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको कीर्तिमानलाई उछिन्ने अवसर पनि हुनेछ । उनको त्यसै प्रदर्शन मद्दतले नेपालले एक गोलले पछाडि रहेको स्थितिबाट बराबरीको नतिजा निकालेको थियो ।

यसपल्ट छनोटको प्लेअफ नियमअनुसार अबे–गोलको फाइदा लागू हुने छैन । दुई लेगको निर्धारित समयको खेल बराबरीमा रहे, सुरुमा ३० मिनेटको अतिरिक्त समयको खेल हुनेछ । त्यसमा पनि बराबरीको स्थिति रहे, खेल टाइब्रेकरमा जानेछ । त्यसैले पनि दुवै टिम दोस्रो लेगमा आक्रामक मात्र नभएर सम्हालेर खेल्ने प्रयासमा पनि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...