रकेटको आवाजपछि इजरायली सांसदहरू 'बम सेल्टर'मा
रकेटको आवाजपछि इजरायली सांसदहरू 'बम सेल्टर'मा

— इजरायली संसद् 'नेसेत' को बैठक चलिरहेका बेला जेरुसेलममा रकेटको साइरन बजेपछि सांसदहरू सेल्टर लिन पुगेका छन् । नेसेतको सत्र चलिरहेका बेला जेरुसेलम र तेलअभिभतर्फ रकेट प्रहार भएपछि संसद्को सत्र केहीबेर स्थगित भएको टाइम्स अफ इजरायलले जनाएको छ ।


गाजा क्षेत्रबाट लामो दूरीका रहेकटहरू प्रहार भएपछि जेरुसेलम र तेलअभिभमा साइरन बजेको छ,' टाइम्स अफ इजरायलको समाचारमा उल्लेख छ, 'विस्फोटको ठूला आवाज पनि सुनिएका छन् तर कोही घाइते र क्षति भएको भने रिपोर्ट आएको छैन ।' गाजाबाट जेरुसेलम करिब ७६ किलोमिटरको दूरीमा रहेको छ ।

नेसेतको सुरुवाती सत्र चलिरहँदा रकेट प्रहार भएको पनि समाचारमा उल्लेख छ । साइरन बजेपछि सबै सांसदहरू बम सेल्टरमा गएका थिए । जेरुसेलममा खुला ठाउँमा रकेट खसेकाले कोही पनि घाइते नभएको बताइएको छ । करिब ४० मिनेटको स्थगनपछि संसद् चलेको थियो ।

संसद्‍मा सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासलाई मात्र नभई हिजबुल्लाह र इरानलाई समेत इजरायललाई नजिस्क्याउन चेतावनी दिएका छन् । हमासलाई हराउन अपिल गर्दै उनले भने, 'हामीलाई नजिस्क्याउ, तिमीहरू नै नराम्ररी क्षति भोग्नेछौ ।' उनले अक्टोबर ७ बाट इजरायलले पाठ सिकिसकेको पनि बताए ।

यसैबीच इजरायली सेनाले करिब २०० जनालाई हमासले बन्धक बनाएको बताएको छ । इजरायली डिफेन्स फोर्सलाई उद्धृत गर्दै जेरुसेलम पोस्टले १९९ जना हमासको अपहरणमा परेको जनाएको छ ।

अक्टोबर ७ मा गाजाबाट हमासले इजरायली भूमिमा आक्रमण लिएपछि पश्चिम एसियामा तनाव चर्किएको हो । हमासको आक्रमणमा १३ सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भएको छ । जसमा १० नेपालीसहित १०० भन्दा बढी विदेशी नागरिक पनि छन् । त्यस्तै इजरायली आक्रमणमा २७ सयभन्दा प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।

इजरायलले गाजा क्षेत्रमा खाद्यान्नसहित खानेपानी, इन्धन र स्वास्थ्य सामग्रीको आपूर्तिसमेत बन्द गरेको छ । गाजामा १ हजारभन्दा बढी मानिस इजरायली आक्रमणबाट ध्वस्त बनेका भवनका भग्नावशेषमा पुरिएको बीबीसीले जनाएको छ । इजरायली सेनाको चेतावनीपछि उत्तरी गाजाबाट लाखौँ मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...